समुदायमा सरकारी वकिल कार्यक्रमकाे आयोजना

samachar

2078-9-19


संलग्न जोडिएका विवरणहरु

मिति २०८३।०२।१० गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागद्वारा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्विभाग र जिल्ला रुकुम पूर्व सिस्ने गाँउपालिका ४ नं. वडा कार्यालयसंगको सहकार्यमा सिस्ने गाँउपालिका वडा नं. ४ स्थित श्री जनप्रिय माद्यामिक विद्यालय दादिङमा एक दिवशिय कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । सिस्ने गा.पा. ४ नं. वडा कार्यालयका वडा अध्यक्ष श्री दलराज घर्तिको अध्यक्षतामा सञ्चालित उक्त कानूनि सचेतना तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली प्रमुख अतिथि रहनु भएको थियो भने प्र.नि. लाल बहादुर वि.क विशेष अथितिको रुपमा रहनु भएको थियो । ४७ जना महिला सहित ७२ जनाको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागका नायब सुब्बा नगेन्द्र बहादुर कटेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई सरकारी वकीलको परिचय तथा संवैधानिक व्यवस्था र संगठनात्मक संरचना , समुदाय र सरकारी वकील बीचको अन्तर सम्वन्ध र कानुनी ब्यवस्था , फौजदारी कसूरको परिचय तथा संलग्न सरोकार निकायहरु , फौजदारी कसूर सम्बन्धी विद्यमान कानूनी व्यवस्था तथा न्यायिक प्रक्रियाका र जाहेरी दरखास्त तथा अनुसन्धान प्रक्रिया लगायतका विषयहरुको सम्बन्धमा जानकारी गराईएको थियो । कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुको समेत सम्बोधन गरिएको थियो । download
समाचार

भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. २ नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम