भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।

samachar

2083-3-24

मिति २०८३।०३।२३ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागद्वारा भुमे  गाँउपालिका वडा नं. १ स्थित श्री शिद्धचौर माध्यामिक विद्यालय लुकुममा एक दिवशिय कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयाे । भुमे गा.पा. वडा नं. १ का वडा अध्यक्ष श्री  मनकाजी पुनको अध्यक्षतामा सञ्चालित उक्त कानूनि सचेतना तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुुकम पूर्विभागका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली प्रमुख अतिथि रहनु भएकाे थियो भने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक श्री लाल लाल बहादुर वि.क.  विशेष अथितिकाे रुपमा रहनु भएकाे थियो । २० जना महिला सहित ४९ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय रुुकुम पूर्विभागका नायब सुब्बा नगेन्द्र बहादुर कटेलले सञ्चालन गर्नु भएकाे थियाे । कार्यक्रममा सहभागिहरुलाई सरकारी वकीलको परिचय तथा संवैधानिक व्यवस्था र संगठनात्मक संरचना , समुदाय र सरकारी वकील बीचको अन्तर सम्वन्ध र कानुनी ब्यवस्था , फौजदारी कसूरको परिचय तथा संलग्न सरोकार निकायहरु , फौजदारी कसूर सम्बन्धी विद्यमान कानूनी व्यवस्था (विशेष  लागुऔषध दुर्वयसन,  साईबर क्राईम, बालबिबाह/बहुविवाह, जबर्जस्ती करणी ), जाहेरी दरखास्त तथा अनुसन्धान प्रक्रिया र न्यायिक प्रक्रियाका सम्बन्धमा जानकारी गराईएकाे थियो । कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुकाे समेत  सम्बोधन गरिएकाे थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

भुमे १ लुकुममा कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना ।


मिति २०८३।०३।१७ गते सिस्ने गाँउपालिका वडा नं. ५ स्थित श्री कोट मा.वि. रुमालबारामा समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।


भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न