भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2083-2-18

मिति २०८३।०२।१३ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पूर्विभागद्वारा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्विभागसंगकाे सहकार्यमा भुमे गाँउपालिका वडा नं. ४ स्थित श्री जनशक्ति माध्यामिक विद्यालय काँडामा एक दिवशिय कानूनी सचेतना तथा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयाे । श्री जनशक्ति माध्यामिक विद्यलय काँडाका सहायक प्रधानअध्यापक श्री  कमलजंग बुढाको अध्यक्षतामा सञ्चालित उक्त कानूनि सचेतना तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय रुुकम पूर्विभागका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली प्रमुख अतिथि रहनु भएकाे थियो भने प्र.नि. लाल बहादुर वि.क  र शाखा अधसकृत श्री देवेन्द्र पौडेल विशेष अथितिकाे रुपमा रहनु भएकाे थियो । ४४ जना महिला सहित ७७ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय रुुकुम पूर्विभागका नायब सुब्बा नगेन्द्र बहादुर कटेलले सञ्चालन गर्नु भएकाे थियाे । कार्यक्रममा सहभागिहरुलाई सरकारी वकीलको परिचय तथा संवैधानिक व्यवस्था र संगठनात्मक संरचना , समुदाय र सरकारी वकील बीचको अन्तर सम्वन्ध र कानुनी ब्यवस्था , फौजदारी कसूरको परिचय तथा संलग्न सरोकार निकायहरु , फौजदारी कसूर सम्बन्धी विद्यमान कानूनी व्यवस्था (विशेष  लागुऔषध दुर्वयसन,  साईबर क्राईम, बालबिबाह र बाल अधिकार  सम्बन्धी ) तथा न्यायिक प्रक्रियाका सम्बन्धमा जानकारी गराईएकाे थियो । कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुकाे पनि सम्बोधन गरिएकाे थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

भुमे गा.पा. वडा नं. ४ जनशक्ति मा.वि. काडामा मिति २०८३।०२।१३ गतेसमुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रमको आयोजना ।


अभियोजनकर्ता र अनुसन्धान अधिकारी विच बैठक सम्पन्न


जिल्ला तह समन्वय समिति बैठक सम्मपन्न ।


सिस्ने गाँउपालिका वडा नं. ८ स्थित धपेमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


२०८०।१०।०९ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


मिति २०८०।१०।१३ गते समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम


मिति २०७९ जेष्ठ २९ गतेका दिन सिस्ने गाउँपालिका वडा नं. २ नायगाढ स्थित वडा कार्यालय भवन प्वाङ रुकुम पूर्वमा सम्पन्‍न समुदायमा सरकारी वकील तथा अन्तरक्रिया कार्यक्रम