रोहिणी गा. पा. रुपन्देहीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।

samachar

2076-8-5

मिति २०७६।०८।०४ गते बुधवार मुलुकी फौजदारी संहिता कार्यान्वयनमा सरकारी वकील र प्रहरीको भुमीका विषयक  समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम अन्तरगत "सरकारी वकील र प्रहरीको सांगठनिक संरचन, कामकर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व र  फौजदारी तथा देवानी संहिताका प्रमुख विशेषताहरु विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ३ धकधईमा जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूको अध्यक्षता¸ सोही गाउँपालिकाका प्रमुख श्री सनोज कुमार यादवज्यूको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक श्री खड्क बहादुर खत्रीज्यूको विशिष्ट आतिथ्यता एवं रुपन्देही जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष श्री नरसिंह चौधरी¸ जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवाली, जि.स.व.का. रुपन्देहीका अन्य कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक कृष्ण राना तथा जि. प्र. का. रुपन्देहीका अन्य प्रहरीहरु¸ रोहिणी गा. पा. का प्रशासकीय अधिकृत श्री रोमनाथ न्यौपाने¸ श्री राम नरेश यादव आदर्श मा. वि.का प्राचार्य श्री रामजीत प्रसाद चौधरी¸ रोहिणी गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, सामुदायीक प्रहरी केन्द्रका अध्यक्ष श्री प्रदिप पाण्डे¸ नगर प्रहरीहरु, अन्य कर्मचारीहरु, स्थानीय सर्वसाधारण  एवं पत्रकारहरु गरी ८६ जनाको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय¸ रुपन्देही र जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले "सरकारी वकीलको सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व र मुलुकी संहिता" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्री खड्क बहादुर खत्रीज्यूले " सांगठनिक संरचनाकामकर्तव्य एवं समग्र समुदायप्रति प्रहरीको दायित्व" सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै करिव ८ जना सहभागिहरुबाट कानुन सम्बन्धी सरकारी वकील र प्रहरी सम्वन्धमा उठाईएका जिज्ञासाहरुको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्री खड्क बहादुर खड्काज्यू र जि.स.व.का. रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष श्री सनोज कुमार यादव, गा. पा. प्रवक्ता श्री सरोज कुमार पाण्डे¸ रुपन्देही जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष श्री नरसिंह चौधरीज्यूहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा ¸  जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक श्री कृष्ण रानाज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जि.स.व.का. रुपन्देहीका कम्प्युटर अपरेटर श्री भोजराज न्यौपानेले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।


मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।




जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न



महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौंवाट अनुगमन तथा निरिक्षण कार्य सम्पन्न ।


रोहिणी गा. पा. रुपन्देहीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।


मिति २०७६/०७/०२ शनिबार उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रूपन्देहीको संयुक्त आयोजनामा ओमसतिया गाउँपालिकामा कानुन सम्वन्धी सचेतना "समुदायमा सरकारी वकील कार्यक्रम" सफलतापूर्वक सम्पन्न ।