मिति २०७६/०७/०२ शनिबार उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रूपन्देहीको संयुक्त आयोजनामा ओमसतिया गाउँपालिकामा कानुन सम्वन्धी सचेतना "समुदायमा सरकारी वकील कार्यक्रम" सफलतापूर्वक सम्पन्न ।

samachar

2076-7-17

मिति २०७६।०७।०२ गते शनिवार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व र  देवानी संहिताका प्रमुख विशेषताहरु विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा सोही गाउँपालिकाका उपाध्यक्ष सुन्दरवती देवी कूमारी हरिजनज्यूको अध्यक्षता, उच्च सरकारी वकील कार्यालय बुटवलका नि.सह-न्यायाधवक्ता श्री मोहन सागर बस्यालज्यूको प्रमुख आतिथ्यता, ओमसतिया गाउँपालिकाका अध्यक्ष श्री हिरा केवटको विशिष्ट आतिथ्यता एवं जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे, जि.स.व.का. रुपन्देहीका अन्य कर्मचारीहरु, उच्च सरकारी वकील कार्यालयका कर्मचारीहरु, ओमसतिया गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, नगर प्रहरीहरु, अन्य कर्मचारीहरु, स्थानीय सर्वसाधारण  एवं पत्रकारहरु गरी ८१ (१६ महिला ६५ पुरुष) जनाको उपस्थितिमा उच्च सरकारी वकील कार्यालय, बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीको सम्यूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका नि.सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूले "सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जि.स.व.का. रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले "देवानी संहिताका प्रमुख विशेषताहरु" सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै करिव १४ जना सहभागिहरुबाट सरकारी वकील र देवानी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उ.स.व.का. बुटवलका नि. सह-न्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यू र जि.स.व.का. रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेज्यूले विभिन्न रोचक उदाहरणहरु सहित सम्वोधन गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । सो कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष श्री हिरा केवट, सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता श्री शिव कुमार धवल, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक श्री तेज बहादुर खत्रीज्यूले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उ.स.व.का. बुटवलका शा.अ. श्री मीना थापाज्यूले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालक जि.स.व.का. रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मीले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।


मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।




जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न



महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौंवाट अनुगमन तथा निरिक्षण कार्य सम्पन्न ।


रोहिणी गा. पा. रुपन्देहीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।


मिति २०७६/०७/०२ शनिबार उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रूपन्देहीको संयुक्त आयोजनामा ओमसतिया गाउँपालिकामा कानुन सम्वन्धी सचेतना "समुदायमा सरकारी वकील कार्यक्रम" सफलतापूर्वक सम्पन्न ।