उच्च सरकारी वकील कार्यालय, बुटवलबाट अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न

samachar

2076-4-9

                मिति २०७६ श्रावण ०८ गते बुधवार र ०९ गते बिहिवार उच्च सरकारी वकील कार्यालय, बुटवलबाट सह-न्यायाधिवक्ता श्री राम कुमार थापाज्यूको नेतृत्वमा जिल्ला सरकारी वकील कार्यालय¸ रुपन्देहीको निरीक्षण कार्य सम्पन्न भयो । निरीक्षणको क्रममा मुद्दाको कामकारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणाली तथा CMS, Computer Networking र भौतिक संरचना सन्दर्भमा निरिक्षण टोलीका सदस्य उप-न्यायाधिवक्ता श्री श्याम सुन्दर चौधरी, शाखा अधिकृत श्री कलाधर शर्मा भण्डारी, शा. अ. श्री विष्णुहरि मरासिनी¸ नायब सुब्बा श्री सुरेन्द्र प्रसाद यादव र कम्प्युटर अपरेटर श्री बुद्धिराज अधिकारी "मुस्कान" जिल्ला सरकारी वकील कार्यालय¸ रुपन्देहीमा कार्यरत अन्य कर्मचारीहरुको उपस्थितिमा गत आ. व. २०७५/०७६ को कार्यालयको कार्यसम्पादन सम्बन्धमा अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न भयो ।

                 निरिक्षणको क्रममा निरिक्षण टोलीका संयोजक सह-न्यायाधिवक्ता श्री राम कुमार थापाले अभियोजनमा एककिसिमको standard कायम भएकोमा राम्रो लागेको, लेखाको अभिलेख राम्रो भएको, सरसफाई र फुलवाटीकाले कार्यालयको सौन्दर्यलाई थप टेवा पुगेको भन्दै यस रुपन्देही सरकारी वकील कार्यालयका कर्मचारीहरुलाई माहुरीको संज्ञा दिदै माहुरीको रानी जिल्ला न्यायाधिवक्ता भएकोमा ज्यामी माहुरी अन्य यस कार्यालयमा कार्यरत कर्मचारीहरु रहेको भन्दै सबैलाई उच्च प्रशंसा गर्दै बधाई ज्ञापन गर्नु भयो भने यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरेले निरिक्षण टोलीले दिएको निर्देशन अक्षरस पालना गर्छौ भन्दै यस कार्यालयमा विचौलिया प्रवेश निषेध गरिएको र कार्यालय सुधारमा हामी सबै कर्मचारीहरु एकमत भई कार्यसम्पादन गरिएको जानकारी दिदै सरकारी वकीलको पद उच्चो राख्दै कार्यालयको मानप्रतिष्ठा उच्च राख्ने कार्यमा लागि परेको कुरा दर्शाउदै निरिक्षणमा आउनु हुने सबै प्रति आभार व्यक्त गर्नु भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

आज मिति २०७८।११।०६ गतेका दिन जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यको संयोजकत्वमा सरकारी वकील तथा अनुसन्धान अधिकृतहरु बीचको बैठक सम्पन्न ।


मिति २०७८।०६।२१ गते यस जिल्ला सरकारी वकील कार्यालय, रुपन्देहीमा कार्यरत जिल्ला न्यायाधिवक्ता श्री डम्मर प्रसाद काफ्ले ज्यूको बिदाई तथा जिल्ला न्यायाधिवक्ता देवन्द्रराज आचार्य ज्यूको स्वागत कार्यक्रम सम्पन्न ।




जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण उपाध्याय घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता श्री नवराज रेग्मी ज्यूहरुको विदाई कार्यक्रम सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न



महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौंवाट अनुगमन तथा निरिक्षण कार्य सम्पन्न ।


रोहिणी गा. पा. रुपन्देहीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकीलको संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।


मिति २०७६/०७/०२ शनिबार उच्च सरकारी वकील कार्यालय बुटवल र जिल्ला सरकारी वकील कार्यालय, रूपन्देहीको संयुक्त आयोजनामा ओमसतिया गाउँपालिकामा कानुन सम्वन्धी सचेतना "समुदायमा सरकारी वकील कार्यक्रम" सफलतापूर्वक सम्पन्न ।