2075-12-27
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा बाल न्याय सम्बन्धी कार्यशाला मिति २०७५/१२/२० र २०७५/१२/२१ गते महान्यायाधिवक्ताको कार्यालयको सभाहल, सिंहदरवारमा सम्पन्न भयो।उक्त कार्यशालामा काठमाडौँ उपत्यकाका ३३ जना सरकारी वकीलहरुको उपस्थिति रहेको थियो।सो कार्यशालाको उद्धाटन माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले गर्नुभएको थियो।
पहिलो दिन बिभिन्न चार विषयमा छलफल भयो, जस अनुसार पहिलो सत्र बालबालिका विरुद्धका कसूरहरुमा माननीय न्या.श्री किशोर सिलवालज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।दोस्रो सत्र बाल अधिकार महासन्धि र बालबालिका सम्बन्धी ऐनले समेटेका अधिकारहरूको विषयमा प्रा.डा.श्री लक्ष्मी प्रसाद मैनालीले सत्र सञ्चालन गर्नुभएको थियो।यसै गरी तेस्रो सत्रमा दिशान्तर विषयमा अधिवक्ता श्री आशिष अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भयो।पहिलो दिनको अन्तिम सत्र बालबालिका सम्बन्धी ऐन, २०४८ र २०७५ को तुलनात्मक अध्ययन रहेको थियो जसमा सहन्यायाधिववक्ता श्री रमादेवी पराजुलीज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।
दोस्रो दिनको पहिलो सत्र पुनःर्स्थापकीय न्याय विषयमा रहेको थियो जसमा श्री केशरीराज पण्डितज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो भने दोस्रो सत्र बाल न्याय सम्बन्धी रहेको थियो जुन नायब महान्यायाधिवक्ता श्री किरण पौडेलज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।यसैगरी तेस्रो सत्रमा बाल न्याय सम्बन्धी बिभिन्न केशहरूको प्यानल छलफल गरियो भने दोस्रो दिनको अन्तिम सत्रमा जर्मन न्यायाधीश श्री Dr. Clivia Von Dewitz ले Applying Restorative Justice in cases of Juvenile भन्ने विषयमा सत्र सञ्चालन गर्नुभयो।
यसैगरी बाल न्याय सँग सम्बन्धी दुई दिवसीय कार्यशालाको समापन कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठम् नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलज्यूले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।UNICEF नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो।
आ. व. २०८०।०८१ को मुद्दाको वार्षिक प्रतिवेदन
आ.व. २०८०।०८१ असार महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ जेठ महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ बैशाख महिनाको मुद्दाको मासिक प्रतिवेदन
चैत्र महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ कार्तिक महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
मिति 2079 साल फागुन महिनाको 17 गते समन्वय समितिको बैठक
आ.व. ०७९।०८० फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्न निकायबीचको छलफल तथा निर्णयहरु।
समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३
कर्मचारी बैठक
आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"
" समुदायमा सरकारी वकील कार्यक्रम "
जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।
बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।
कर तथा राजस्व सम्बन्धी विवाद र प्रतिरक्षा विषयक कार्यशाला सम्पन्न ।