• मिति २०८० साल असाेज महिनाकाे ११ गतेका दिन जिल्ला दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ जम्बुकाँधमा यस कार्यालयकाे आयाेजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
  • जिल्ला प्रहरी कार्यालय दैलेख र यस कार्यालयकाे संयुक्त साझेदारीमा मिति २०७८।८।१९ गतेका दिन नारायण नगरपालिकाकाे वडा नं ४ स्थित महेन्द्र मा वि मा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न ।
  • यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन
  • यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन हुने

परिचय

कार्यालय अवस्थिती

कर्णाली प्रदेशको दैलेख जिल्ला सदरमुकाम दैलेख बजारमा अवस्थित नारायण नगरपालिका देखि करिव २०० मिटर पश्चिम तर्र्फ जिल्ला सरकारी वकील कार्यालय अवस्थित रहेको छ । २०४२ सालमा स्थापित जिल्ला सरकारी वकील कार्यालय भाडामा रहदै आएकोमा २०७३ फागुन १५ गते देखि आफ्नै नयाँ भवनवाट कार्य संचालन गदै आइरहेको छ । ३ तले २० कोठे भवनको २ तला कार्यालय प्रयोजन तथा माथिल्लो तला निवासको रुपमा प्रयोग हुदै आइरहेकोछ । कि नं ३६७ मा १०५५ ब.मी क्षेत्रफलमा रहेको जग्गामा यो भवन निर्मित रहेको छ ।

ऐतिहासिक पृष्ठभुमी (सरकारी वकील र सरकारी वकील कार्यालय)

नेपालमा सरकारलाइ कानूनी विषयमा राय सल्लाह दिनुपर्ने, सरकारको तर्फवाट मुद्दा मामिलामा उपस्थित भै बहस पैरवी गर्नुपर्ने समेतका कार्यका लागी एटर्नी जनरललाइ तोकी पहिलो पटक नेपाल प्रधान न्यायालय ऐन २००८ को पहिलो संसोधन २००९ ले एटर्नी जनरलको व्यवस्था गरेको पाइन्छ भने २०१२ सालमा प्लिडर तथा प्रोसिक्युटरबाट गर्ने व्यवस्था गरियो तर यो खासै लागु हुन सकेन । नेपालको संविधान २०१५ मा महान्यायाधिवक्ताको संवैधानिक व्यवस्था हुन सकेन तथापी २०१६ सालमा आएर एटर्नी जनरलको आवश्यकता महसुस भै काम कर्तव्य सहित तोकी एटर्नी जनरलको नियुक्ति गरियो । यस प्रकार महान्यायाधिवक्ताको व्यवस्था भै सरकारी वकीलको केन्द्रिय निकायको रुपमा महान्यायाधिवक्ताको कार्यालयको स्थापना समेत भयो । २०१७ सालमा सरकारी मुद्दा सम्वन्धी ऐन जारी भै पहिलो पटक सरकारी वकीलको परिभाषा गर्दे सरकारवादी हुने मुद्दामा सरकारी वकीलले बहस पैरवी , मुद्दा चलाउने नचलाउने समेतको निर्णय गर्ने व्यवस्था गरियो । नेपालको संविधान २०१९ भाग १४, नेपाल अधिराज्यको संविधान २०४७, सरकारी मुद्दा सम्वन्धी ऐन २०४९, सरकारी वकील सम्वन्धी नियमावली २०५५, नेपालको अन्तरिम संविधान २०६३ को भाग १६ तथा नेपालको संविधान (२०७२) को भाग १२ मा समेत महान्यायाधिवक्ता सम्वन्धी व्यवस्था गरिएको पाइन्छ । बर्तमान संविधानको धारा १५८ मा महान्यायाधिवक्ताको काम कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गरि  नेपाल सरकार बादी वा प्रतिवादी भइ दायर भएका मुद्दा मामिलामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने, मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने वा गराउने आदि रहेको छ ।

 संविधानको धारा १५८(७) अनुसार महान्यायाधिवक्ताले यो धारा बमोजिम आफ्ना काम कर्तव्य र अधिकार तोकिएको शर्तको अधिनमा रहि प्रयोग र पालाना गर्ने गरी मातहतका सरकारी वकीललाइ प्रत्यायोजन गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ जसअनुरुप महान्यायाधिवक्ताले आफु मातहतका उच्च सरकारी वकील कार्यालय, विशेष सरकारी वकील कार्यालय तथा जिल्ला सरकारी वकील कार्यालयमा रहने सरकारी वकीलहरुलाइ अधिकार प्रत्यायोजन गरेको अवस्था छ । न्याय प्रशासन ऐन २०७३ को दफा ३ अनुसार प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहनेछ भनिएको छ त्यसैगरी सरकारी वकील नियमावली २०५५ को नियम ४ मा जिल्ला अदालतको मुकाम रहेको ठाउमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था भए अनुसार प्रत्येक जिल्लामा जिल्ला सरकारी वकील कार्यालयहरु स्थापना भै कार्य सम्पादन गर्दे आइरहेका  छन ।

कार्यालयको क्षेत्राधिकार

जिल्ला सरकारी वकील कार्यालय दैलेखमा प्रमुखको रुपमा जिल्ला न्यायाधिवक्ता, तथा सहायक जिल्ला न्यायाधिवक्ता गरी २ जना सरकारी वकीलको दरवन्दी रहेको छ भने कार्यालयको अन्य कार्य सन्चालनका लागी आवश्यकता अनुसार अन्य सहायक स्तरका कर्मचारीहरु रहेको अवस्था छ । दैलेख जिल्ला भित्र रहेका ४ वटा नगरपालिका तथा ७ वटा गाउपालिका भित्रका जुनसुकै क्षेत्रमा घटित घटनाहरु जो सरकारवादी भै चल्ने मुद्दाहरु हुन सो सम्वन्धमा अनुसन्धानको क्रममा आवश्यक निर्देशन दिने,नेपाल सरकारवादी हुने फौजदारी तथा देवानी मुद्दाहरुका सन्दर्भमा मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सम्वन्धित अड्डा अदालतमा अभियोगपत्र दायर गर्ने, बहस पैरवी गर्ने, नेपाल सरकारको सरोकार पर्ने मुद्दाहरुमा  नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने जिल्ला स्थित संघिय कार्यालयहरुलाइ कानूनी राय प्रदान गर्ने,अर्धन्यायिक निकायले गरेका फैसला उपर जिल्ला अदालत दैलेखमा पुनरावेदन गर्ने तथा दैलेख जिल्ला अदालत दैलेखले गरेका फैसला उपर उच्च अदालत सुर्खेतमा दायर गर्ने प्रयोजनार्थ पुनरावेदन मस्यौदा तयार गरी उच्च सरकारी वकील कार्यालयमा पठाउने, जिल्ला अदालत, जिल्ला प्रसाशन, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय तथा यस कार्यालयमा मुद्दासँग सम्वन्धित प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुसँग सुमधुर सम्वन्ध कायम गर्दै समन्वयात्मक ढंगले कार्य अगाडी वढाउने समेतका कार्यहरु सरकारी वकीलको कार्य तथा जिल्ला सरकारी वकील कार्यालय दैलेखको क्षेत्राधिकार भित्र पर्दछन । सोही अनुरुप जिल्ला सरकारी वकील कार्यालय दैलेखले आफ्नो कार्य सम्पादन गर्दे आइरहेकोछ ।

कार्यालयको जनशक्ति तथा भौतिक अवस्था

जनशक्ति तर्फः  

जिल्ला न्यायाधिवक्ता    १

सहायक जिल्ला न्यायाधिवक्ता १

नायव सुव्वा     २

कम्प्युटर अपरेटर -१

खरिदार १

                हलुका सवारी चालक १

                कार्यालय सहयोगी ३

                       समेत जम्मा १० जनाको दरवन्दी रहेको ।

भौतिक अवस्थाः      कार्यालयको २० कोठे आफ्नै भवन रहेको

                     कार १

                     मोटरसाइकल  १

कम्प्युटर डेस्कटप थान ५

कम्प्युटर ल्यापटप थान १

फर्निचरहरु आवश्यक मात्रामा रहेको ।



जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरे ज्यू को अध्यक्षतामा मिति २०७९-०५-३० गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी हरुबिच समन्वयात्मक बैठक सम्पन्न !


मिति २०७८।१०।०७ गतेका दिन समन्वय समितिकाे दोस्रो बैठक सम्पन्न ।


मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन हुने


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.