सुची दर्ता गर्न आउने सम्बन्धी सुचना

suchana

2025-08-08

यस कार्यालयलाई आर्थिक बर्ष २०८२।०३ को लागि आवश्यक भएका बखत निम्नलिखित मालसामान तथा सेवा खरिद गर्न, मर्मत गर्न तथा सेवा लिनका लागि सुचि दर्ता गराउनु पर्ने भएकाले सम्बन्धित इच्छुक इजाजत पत्र दर्तावाला व्यक्ति, फर्म, सप्लायर्स कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) नियम १८ अनुसार यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा (१५ औ दिनमा बिदा परेमा सोको लगतै कार्यालय खुलेको दिन) आफ्नो कारोबारको व्यहोरा उल्लेख गरी फर्म/कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, दर्ता प्रमाण पत्र, मुल्य अभिबृद्दिकर दर्ता प्रमाण पत्र, अद्यावधिक गरिएको फर्म नवीकरण प्रमाण पत्र, आ.ब. २०८०।०८१ को कर चुक्ता प्रमाण पत्र, सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपि सहित प्रत्येक विवरणका लागि छुट्टा-छुट्टै सुचिमा अनिवार्य दर्ता हुनका लागि सुचिकृत हुन सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसुचि २ क मा तोकिएको ढाँचामा निवेदन यस कार्यालयमा दर्ता गराउनु हुन यो सुचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।


संलग्न जोडिएका विवरणहरु

सूचना

सुची दर्ता गर्न आउने सम्बन्धी सुचना



जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरे ज्यू को अध्यक्षतामा मिति २०७९-०५-३० गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी हरुबिच समन्वयात्मक बैठक सम्पन्न !


मिति २०७८।१०।०७ गतेका दिन समन्वय समितिकाे दोस्रो बैठक सम्पन्न ।


मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।


यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम स‌चालन हुने