2026-07-20
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
प्रकाशित मिति २०८३ । ०४ ।०४
यस कार्यालयका लागि आ.व. २०८३।०८४ मा आवश्यक पर्ने निम्नानुसारका वस्तु तथा सेवा उपलब्ध गराउन ईच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एव संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताका लागि सोहि नियमावलीको अनुसूची २क. बमोजिम ढाँचामा यस कार्यालयमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । रीत नपुगि आएका निवेदनलाई मान्यता दिईने छैन । प्राप्त दरखास्तहरु सूचिकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
१. मसलन्द तथा कार्यालय सामानहरु
२. कम्प्यूटर, प्रिन्टर, फोटोकपि तथा ईलेक्ट्रोनिक्स सामान मर्मत तथा आपूर्ति
३. छपाई सम्बन्धी सामान
४ फर्निचर्स तथा फर्निसिङ
५. सवारी साधन मर्मत
६. सूचना प्रकाशन
७. खाने पानीको जार तथा वोतलको पिउने पानी
८. पत्रपत्रिकाहरुको आपूर्ती
९. भवन मर्मत तथा पार्टिसन
१०. धारा तथा ट्वाइलेट मर्मत
११. ईन्टरनेट सेवा तथा सफ्टवयर निर्माण
१२. मेसिनरी पार्टस
१३. छपाइ सम्बन्धी मेसिनहरु मर्मत
निवेदनसाथ पेश गर्नपर्ने कागजपत्रहरूः
१. संस्था दर्ता र नविकरण भएको प्रमाणपत्रको फोटोकपि
२. स्थायी लेखा नम्बर प्रमाणपत्रको फोटोकपि
३. मु.अ.क. दर्ताको प्रमाणपत्रको फोटोकपि (आवश्यक पर्नेमा मात्र)
४. कर चुक्ता प्रमाणपत्रको फोटोकपि
५. व्यवसायीक इजाजत पत्रको फोटोकपि
==============================
(द्रोणदत्त पौडेल)
जिल्ला न्यायाधिवक्ता
मौजुदा सुची दर्ता गर्ने सम्बन्धी सूचना ।
सुची दर्ता गर्न आउने सम्बन्धी सुचना
जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरे ज्यू को अध्यक्षतामा मिति २०७९-०५-३० गते अभियोजनकर्ता र अनुसन्धान अधिकारी हरुबिच समन्वयात्मक बैठक सम्पन्न !
मिति २०७८।१०।०७ गतेका दिन समन्वय समितिकाे दोस्रो बैठक सम्पन्न ।
मिति २०७८।०७।१० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट पाल्नु भएका आदरणीय सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी ज्यू र उपन्याययाधिवक्ता श्री शिवप्रसाद आर्चाया ज्यू बाट यस कार्यालयको निरिक्षाण कार्य समपन्न भएको छ ।
मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।
मिति २०७८।४।२६ मा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरे ज्यू बाट जिल्ला प्रहरी कार्यालय दैलेखकाे अपराध अनुसन्धान शाखाकाे निरीक्षण सम्पन्न ।
यस जिल्ला सरकारी वकील कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त्त आयोजनामा मिति २०७६।८।४ गते दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ मा समुदायमा सरकारी वकील तथा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सचालन हुने
नारायण नगरपालिका वडा नं. ५ स्थित श्री महेन्द्र मा.वि. मा २०८३।०३।०५ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकामा मिति २०८३।०२।२९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
नौमुले गाँउपालिका वडा नं. ५ स्थित श्री लालिगुरास माध्यमिक विद्यालय, नौगाउँ दैलेखमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
यस कार्यालयको बार्षिक कार्ययोजना अनुसार सरोकारवालाहरु संग समुदायमा सरकारी वकील र मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतको आयोजनामा लिखित जवाफ सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम सम्पन्न ।
यस कार्यालयको बार्षिक कार्ययोजना अनुसार मिति २०८२।०८।१६ गते समन्वय समितिको बैठक सम्पन्न ।
मिति २०८० साल असाेज महिनाकाे ११ गतेका दिन जिल्ला दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ जम्बुकाँधमा यस कार्यालयकाे आयाेजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
मिति २०७८।०८।२० गतेका दिन जिल्ला सरकारी वकील कार्यालय दैलेखकाे आयाेजनामा दुल्लु नगरपालिकाकाे वडा नं ८ मा रहेकाे बहुप्राविधिक शिक्षालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्यक्रम