प्रहरी र सरकारी वकील विच अन्तरक्रिया ।

samachar

2076-11-4

पर्वतमा मुलुकी अपराध संहिता २०७४ को कार्यान्वयनको अवस्थाको अनुगमन तथा सो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न । यहि मिति २०७६।१०।०५ गते महान्यायधिबक्ताको कार्यालयबाट नायव महान्यायाधिवक्ता खगराज पौडेल र प्रहरी प्रधान कार्यालयको तर्फबाट संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह ज्यूबाट मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को कार्यान्वयन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय पर्वत तथा जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त रुपमा अनुगमन निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नायव महान्यायाधिवक्ता खगराज पौडेल तथा प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह ज्यूले सिमित भौतिक श्रोत साधन र अपुग जनशक्तीको बाबजुद पनि प्रभावकारी रुपमा संहिता कार्यान्वयन गर्न दुबै कार्यालयले अधिकतम प्रयास गरेको पाईएको हुदा संहिता कार्यान्वयनमा देखिएका राम्रा पक्षहरुको सह्राना गर्दै अगामी दिनहरुमा मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ लाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न हुन र कार्य सम्पादनमा देखिएका कमजोर पक्षहरुलाई तत्काल सुधार गरी अपराधको सफल अनुसन्धान गर्नुको साथै आम- जनता माझ कानुन प्रतिको विश्वास सुदृढ बनाउदै उच्च मनोवलका साथ पिडित मैत्री सेवा प्रदान गर्न निर्दैशन दिदै जिल्ला सरकारी वकील कार्यालय पर्वत तथा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत सम्पुर्ण कर्मचारीहरु बिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समग्र पर्वत जिल्लाको आपराधिक गतिविधी तथा अपराध अनुसन्धानमा मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को कार्यान्वयनको अवस्थाका विषयलाई समेटी आफ्नो प्रस्तुतीकरण दिनु भएको थियो

 


संलग्न जोडिएका विवरणहरु

No Attachments