समुदायमा सरकारी वकिल कार्यक्रम फलेबास नगरपालिकामा सम्पन्न ।

samachar

2076-11-4

मिति २०७६/।१०/१० गतेका दिन फलेवास नगरपालिका अध्यक्ष श्री पदमपाणी शर्माको सभापतित्व र प्रमुख आतिथ्यतामा नगरपालिकाको कार्यपालिकाको भवनको सभाहलमा समुदायमा सरकारी वकील र न्यायमा बाह्य पहुच कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानीय पदाधिकारी, कर्मचारी, समाजसेवी, पत्रकार, शिक्षाप्रेमी, शिक्षक तथा विद्यार्थी गरी २३ जना महिला र  २९ जना पुरूष गरी जम्मा ५२ जना व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला अदालका तहशिलदार श्री नन्द आचार्यले गर्नुभएको थियो भने माननीय जिल्ला न्यायाधिश श्री सूर्य बहादुर थापा र सहायक जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले  आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागिहरूले आ-आफ्नो जिज्ञासाहरू राख्नुभएको थियो भने माननीय जिल्ला न्यायाधिश श्री सूर्य बहादुर थापा र सहायक जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले  जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

समुदायमा सरकारी वकिल कार्यक्रम फलेबास नगरपालिकामा सम्पन्न । download