• यस जिल्ला सरकारी वकील कार्यालय बाराको वेभसाइटमा स्वागत छ । कार्यालय सम्पर्क नं. ०५३५५००४२ कार्यालय प्रमुख सम्पर्क नं.९८५५०४८०४२ सुचना अधिकारी सम्पर्क नं.९८४३६१८५१९ मा फोन गरी dgao.bara@gmail.com वा jswkabara@gmail.com मा मेल गरी आफ्नो गुनासो वा सुझावहरु राख्न सक्नु हुनेछ ।

परिचय

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक बिभागको रुपमा महान्यायाधिवक्ताको कार्यालय रहेको छ । जस अन्तर्गत उच्च सरकारी वकील कार्यालय बीरगंज अन्तर्गतको जिल्ला सरकारी वकील कार्यालय बारा, बारा जिल्लाको सदरमुकाम कलैयामा  अबस्थित छ । जिल्ला सरकारी  वकील कार्यालय, बारा कलैया उ.म.न.पा.वडा नं. ०४  स्थित पर्ने अदालत रोडबाट उतर तर्फ  आफ्नै कार्यालयको भवनबाट सेवा प्रबाह गरिरहेको छ ।  जिल्ला न्यायाधिवक्ता रा.प.द्धितीय १ जना , सहायक जिल्ला न्यायाधिवक्ता २ रा.प तृतीय , नायब सुब्बा २ जना रा.प.अन प्रथम ,  टा. नासु  १, कम्प्युटर अपरेटर  १ , हलुका सवारी चालक १ जना र कार्यालय सहयोगी ४  जना रहेको यस कार्यालयबाट नेपाल सरकारको तर्फबाट चलाईने मुद्दाहरुको सन्दर्भमा संबन्धित अदालत र न्यायिक अधिकारी समक्ष अभीयोग पत्र , मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एबं कानूनी राय सल्लाह प्रदान गर्ने लगायतका काम कर्तब्य र अधिकार रहेको यस कार्यालयमा योजना कार्यान्वयन, पुनराबेदन मुद्दा, लेखा तथा जिन्सी, पीडित तथा साक्षी संरक्षण र प्रशासन शाखा गरी ६ वटा शाखा रहेका छन् ।

१) योजना कार्यान्वयन शाखा- योजना तर्जुमा तथा कार्यान्वयन गर्दछ । 

२) मुद्दा शाखा - मिसिल कागजात ब्यबस्थापन गर्ने, अभीयोग तयार गर्ने, CMS Data Intry डाटा ईन्ट्री गर्ने पुनराबेदन, ७३ नं. निबेदन अन्य निबेदन र अन्य निबेदन र पत्र तयार गर्ने लगायतका कार्य गर्दछ । 

३) लेखा तथा जिन्सी शाखाः- कार्यालयको लेखाको अभिलेख राख्ने तथा जिन्सी सामानको ब्यबस्थापन गर्ने ।

४) पीडित साक्षी संरक्षण शाखा - पीडित तथा सक्षीलाई कानूनी परामर्श दिने बकपत्रको लागी अदालतमा सहिकरण गर्ने संबन्धित मुद्दामा संरक्षण दिने । 

५) प्रशासन शाखा - कार्यालयले गर्ने कार्यालयको दैनिक प्रशासनिक कार्य गर्ने ।

६) पुनराबेदन शाखा - पुनराबेदन गर्ने नगर्ने प्रस्ताब तयार गरी जिल्ला न्यायाधिवक्ता समक्ष पेश गर्ने ।

 

जिल्ला न्यायाधिवक्ता (९८५४०४५८००)

कैलाश खत्री क्षेत्री

सहायक जिल्ला न्यायाधिक्ता ( ९८६०४१२९७८)

रबि शंकर चौधरी

सहायक जिल्ला न्यायाधिवक्ता ( ९८४१९८५१९२)

प्रतिक्षा खड्का