समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम मिति २०७९।०२।२५ गते सम्पन्न

samachar

2079-2-26

बुधबार,२५ जेठ २०७९,

 

   महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चर्षिय योजना र यस जिल्ला सरकारी वकिल कार्यालयको स्विकृत वार्षिक कार्ययोजना बमोजिम समुदायमा सरकारी वकील कार्यक्रमकरैयामाई गाउँपालीका स्थित जन समुदायीक माध्यामिक विद्यालय मधुवन हरैया बाराको कार्यक्रम हलमा विहान ७:०० बजे  विशेषतः माध्यामिक स्तरका बिद्यार्थीहरु एवं कलेजका अध्यापकहरुको उल्लेख्य सहभागितामा भव्य रुपमा सम्पन्न भयो । यस कार्यालयका कार्यालय प्रमुख जुद्वबहादुर आलेको सभाअध्यक्षतामा औपचरिक रुपमा सुभारम्भ भएको थियो ।सहायक जिल्ला न्यायाधिवक्ता सुदिपकुमार राय, विद्यालयका प्रधानध्यापक तथा,अध्यापकहरुको आथित्य रहेको उक्त कार्यक्रमका स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक रामबाबु प्रसादले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उपादेयता एवं उद्देश्यको सन्दर्भमा सहायक जिल्ला न्यायाधिवक्ता सुदिपकुमार रायले प्रस्ट पार्नुभएको थियो । कार्यक्रमा सहभागी विद्यार्थिहरुले उल्लेख्य रुपमा जिज्ञासाहरु राखेका थिए, विषेशगरी दाइजो सम्बन्धि अपराध,मानव वेचविखन,महिला बालबालिका तथा छात्राहरुमा हुने विभिन्न खाले हिँसा,विभेद,लागुऔषधलगायका अपराधहरुको सन्दर्भमा प्रश्नहरु राख्नुको साथै सरकारी वकिल कार्यालयको भुमिको चासो व्यक्त गरेका थिए । कार्यक्रममा करिव ३०/३५ बिद्यार्थी एवं अध्यापकहरुको सहभागी रहेको थियो ।

         टिपोट गरिएका सहभागीहरुका जिज्ञासाहरु कार्यक्रमका सभापति तथा जिल्ला न्यायाधिवक्ता जुद्वबहादुर आलेले क्रमशः सम्बोधन गरी कार्यक्रमको समापन  गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

सम्बन्धित फाईल यहाँबाट डाउनलोड गर्नुहोस download