• यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षतामा मिति २०८०/१०/२२ गतेका दिन यस कार्यालयका कर्मचारीहरुको बैठक समपन्न गरियो।
  • यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षतामा आज मिति २०८०/७/२१ गतेका दिन यस कार्यालयका कर्मचारीहरुको बैठक विभिन्न निर्णय सहित समपन्न गरियो।
  • समुदायमा सरकारी वकील कार्यक्रम र समुदायमा प्रहरी साझेदारी कार्यक्रम मिति २०७६।८।४ गते बैतडी जिल्लाको पाटन न.पा.वडा नं.४ मा रहेको भुमेश्वर मा.बि.ठाँडमा सम्पन्न भएको छ. ।।।।। बैतडी जिल्लाको दोगडाकेदार गाउपालिकामा रहेको श्रीकोट क्याम्पस खोचलेक बैतडीमा समुदायमा सरकारी वकिल कार्यक्रम दोगडाकेदार गाउपालिकाका प्रमुख, उपप्रमुख र न्यायिक समितिका सदश्य लगायतका जनप्रतिनिधि र श्रीकोट क्याम्पसका प्राध्यापक तथा छात्र छात्राहरुको उत्साहमुलक सहभागितामा सम्पन्न गरियो ।

परिचय

बैतडी जिल्ला विश्‍व मानचित्रमा २९ डिग्री १८ मिनेट उत्तर देखि २९ डिग्री ४१ मिनेट उत्तरी अक्षांश र ८० डिग्री १९ मिनेट पूर्व देखि ८० डिग्री ८१ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ।   नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा बझाङ र डोटी जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला, उत्तरमा नेपालकै दार्चुला जिल्ला र दक्षिणमा डडेलधुरा जिल्ला पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल १४५१.१३ बर्ग कि.मि.रहेको छ भने यो  जिल्ला समुद्री सतहबाट ३९०मिटर देखि २९५० मिटर सम्मको उचाईमा रहेको छ ।

जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली, २०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील  कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने ,सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने, नेपाल सरकारको सरोकार पर्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने, जिल्ला स्थित सरकारी  कार्यालयहरूलाई कानुनी राय प्रदान गर्ने, जिल्ला अदालतमा पुनरावेदन लाग्ने  नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा  सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुँदै आएको छ । बैतडी जिल्लाको सदरमुकाम दशरथचन्द नगरपालिकाको वडा नं. ४ खलंगा गढीमा जिल्ला सरकारी वकील कार्यालय बैतडी रहेको छ ।कार्यालयको आफ्नो नयाँ भवन निर्माणाधिन रहेकोले हाल घर भाडामा लिई कार्यालयको दैनिक कार्यहरु संचालन भईरहेका छन। यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता(रा.प.द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता(रा.प. तृतीय) १, नायब सुब्बा(रा.प.अनं. प्रथम) १,  सहायक कम्प्युटर अपरेटर(रा.प.अनं.द्वितीय) १, खरिदार(रा.प.अनं. द्वितीय) १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी  कूल ९ दरबन्दी रहेकोमा हाल 8 जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

 


मिति २०८०/१२/२३ गतेका यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षता जिल्ला समन्वय समितिको बैठक सम्पन्न गरियो ।


आज मिति २०८०/७/२१ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री मोहनी प्रसाद जोशी ज्युको अध्यक्षतामा यस कार्यालयका कर्मचारीहरुको बैठक बसी विभिन्न निर्णय गरियो ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील संवाद कार्यक्रम सम्पन्न ।


श्रृव्य दृश्य(भर्चुअल) माध्यम द्वारा बकपत्र सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम दोगडाकेदार गा.पा.मा सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री मोहनी प्रसाद जोशी

नायब सुब्बा

अशोक नाथ