मिति २०८३ साल असार ९ गते जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न ।

samachar

2083-3-9

जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रम सम्पन्न

जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा त्रिभुवन माध्यमिक विद्यालय भेरी नगरपालिका, वडा नम्बर ३ जाजरकोटमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुसँग लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रम मिति २०८३ असार ९ गते सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता श्री नगेन्द्र लम्सालले सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा र लागू औषधको प्रयोग, असर र कानूनी व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत गरी जानकारी दिनुभएको थियो।

उहाँले जाजरकोट जिल्लामा लागू औषध सम्बन्धी सरकारवादी फौजदारी मुद्दाको संख्या बढिरहेकोमा लागू औषध दुर्ब्यसनी न्यूनीकरण गर्न तथा लागू औषध बिक्री वितरणको कार्य रोकथामका लागि समुदाय र विद्यार्थीवर्ग क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

उहाँले लागू औषध दुर्ब्यसनी र कारोबारको नियन्त्रणका लागि समुदायका हरेक वर्ग सचेत भई स्थानीय तह र अन्तर्गतका वडाले वडामा क्रियाशील संघ संस्थाहरु, शिक्षण संस्था र टोल समितिहरुसँग सहकार्य गरी रोकथाम नियन्त्रणका कार्यहरु र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री पार्वती थापाले कानूनको पालना सबैले गर्नुपर्ने उल्लेख गर्दै कुनै कसूर गरेमा कानूनको जानकारी थिएन भनेर उन्मुक्ति प्राप्त नहुने भएकाले सबैले कानूनी रुपमा सचेत भई कानूनको पालना र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विद्यार्थी र युवा वर्गलाई लागू औषधको कूलतबाट जोगाउन लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रम उपयोगी भएको

बताउनुभयो ।

जिल्ला कानूनी सहायता समिति जाजरकोटका जिल्ला कानूनी सहायता अधिकारी  सहदेव जंग शाहले सरकारवादी फौजदारी मुद्दाको विषयमा जानकारी दिन तथा लागू औषधको कुलतमा फस्दा पर्ने शारीरिक र मानसिक असरहरु तथा लागू औषधको सेवन तथा कारोबार गर्दा हुने सजायका बारेमा विद्यार्थीहरुले कार्यक्रममा जानकारी पाएको विषयका सम्बन्धमा परिवार र अरु व्यक्तिलाई समेत कानूनी सचेतना गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जिल्ला कानूनी सहायता समितिले विपन्न असमर्थ पक्ष तथा लैङ्गिक हिंसा र घरेलु हिंसामा परेका व्यक्तिलाई निशुल्क कानूनी सहायत उपलब्ध गराउने गरिएको जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट ठाँटीका प्रहरी सहायक निरीक्षक विष्णु के.सी. ले लागू औषधको कुलतमा फसेपछि त्यसको असरबाट व्यक्तिको जीवन सँगै परिवार र समाजलार्इ समेत असर पर्ने भएकाले विद्यार्थीले आफू पनि लागू औषधको कुलतमा नफसी अरुलाई समेत लागू औषधको कुलतबाट जोगाउन कार्यक्रममा प्राप्त गरेको कानूनी सचेतनाका बारेमा जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो।

त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी विजय वि.क. ले आफूलाई हाल सम्म सरकारी वकीलको काम कारबाही बारे जानकारी नभएकोमा कार्यक्रममा सहभागी हुँदा सरकारी वकीलको काम कारबाहीबारे जानकारी हुनुका साथै लागू औषधको सेवन र बिक्री वितरणले व्यक्ति र समुदायमा पार्ने असरबारे जानकारी हुनुका साथै यस किसिमका कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, जिल्ला कानूनी सहायता अधिकारी, सरकारी वकील, प्रहरी र कर्मचारी गरी ५९ जनाको सहभागीता

रहेको थियो ।

जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता श्री नगेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता श्री डिल्लीराज ज्ञवालीले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८३ असार ९ गते जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन मा.वि. मा सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अर्न्तगत लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रमको प्रतिवेदन ।


मिति २०८३।०३।०८ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा सम्पन्न सरकारी वकील र अनुसन्धान अधिकृत बीचको ३५ औं वैठकको निर्णय ।


मिति २०८३ साल ०५ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको २७ औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८३ जेठ महिनाको जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको मुद्दाको मासिक प्रतिवेदन ।


मिति २०८३ जेठ २८ गते सम्पन्न कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी प्रशिक्षण/अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०८३।०२।२३ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा सम्पन्न सरकारी वकील र वन अनुसन्धान अधिकृत बीचको ३४ औं बैठकको निर्णय ।


मिति २०८३ साल जेठ २२ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट तहको समन्वय समितिको २२ औं वैठकको निर्णय ।


मिति २०८३ साल जेठ ०७ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको २६ औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८३ बैशाख महिनाको जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको मुद्दाको मासिक प्रतिवेदन ।


मिति २०८३ वैशाख १५ गते सम्पन्न जिल्ला कानूनी सहायता समिति जाजरकोटको आठौं वैठकको निर्णय ।