मिति २०८३ जेठ २८ गते जिल्ला सरकारी वकील कार्यालय जाजरकोटको आयोजनामा कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी प्रशिक्षण/अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

samachar

2083-2-28

कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी प्रशिक्षण/अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा जिल्ला स्थित कार्यालय प्रमुखहरुका लागि आयोजित "कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी प्रशिक्षण/अन्तरक्रिया कार्यक्रम" मिति २०८३ जेठ २८ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको सभाहलमा सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा कानूनी राय सम्बन्धी कानूनी व्यवस्था अन्तर्गत सरकारी वकीलसँग कानूनी राय माग गर्ने प्रकृया सरकारी वकीलले कानूनी राय दिने प्रकृया, रिट सम्बन्धी परिचय, लिखित जवाफ तयार गर्दा विचार गर्नुपर्ने कुराहरू र अदालतमा सरकारी निकाय बिरुद्ध पर्ने रिट निवेदनको लिखित जवाफ लेख्ने ढाँचाका बारेमा  जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले कार्यपत्र प्रस्तुतीसँगै सहभागीहरुसँग छलफल गर्नुभएको  थियो ।

जाजरकोट जिल्ला अदालतका माननीय न्यायाधीश श्री दुर्गाप्रसाद खनालले कानूनको अज्ञानता अक्षम्य नहुने भएकाले सरकारी निकायमा कार्यरत प्रशासनिक अधिकारीले निर्णय गर्दा कानूनी रुपमा प्रष्ट भएर कानून सम्मत निर्णय गर्नुपर्ने बताउनुभयो ।

उहाँले कानूनी प्रश्नम द्विविधा भएमा सरकारी निकायको निर्णय गर्ने अधिकारीले सम्बन्धित सरकारी वकीलसँग कानूनी प्रश्नमा राय लिएर निर्णय गर्दा प्रभावकारी हुने उल्लेख गर्नुभयो।

उहाँले अदालतमा परेका रिट निवेदनमा सरकारी निकायलाई विपक्षी बनाएकोमा लिखित जवाफहरु सम्बन्धित सरकारी अधिकारीले अदालतमा पेश गर्दा तोकिएको ढाँचामा तोकिएको समयमा लिखित जवाफमा रिट निवेदन जारी हुनु नपर्ने आधार र कारण सहित खण्डन गरी सम्बन्धित कागजातहरु संलग्न गरी पेश गर्दा प्रभावकारी हुने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारीले संघीय सरकारी कार्यालयहरुले रिट निवेदनको लिखित जवाफ अदालतमा पेश गर्नु अघि सरकारी वकीलसँग समन्वय गरी तोकिएको समयमा सम्बन्धित कागजातहरु संलग्न गरी पेश गरेमा सरकारलाई विपक्षी बनाइएका अदालतमा परेका रिट निवेदनहरुमा सरकारी काम कारबाहीको प्रभावकारी प्रतिरक्षा गर्न सरकारी वकीललाई सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सरकारी निकायको प्रमुखलार्इ निर्णय गर्दा कुनै कानूनी प्रश्नमा द्विविधा भएमा सरकारी वकील कार्यालयसँग तोकिएको ढाँचामा कानूनी राय लिएर निर्णय गर्दा निर्णयहरु प्रभावकारी र कानून सम्मत हुने उल्लेख गर्नुभयो ।

जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार श्री सरोजनिधि वाग्लेले अदालतबाट लिखित जवाफ माग गरेको विषय र प्रमाण कागजात झिकाएको विषयलाई प्रकृयागत रुपमा लिई सम्बन्धित सरकारी वकील कार्यालयसँग समन्वय गरी तोकिएको समयमा अदालतमा लिखित जवाफ सहित प्रमाण कागजातहरु पेश गरी रिट निवेदनको लिखित जवाफ प्रस्तुत गर्दा रिट जारी नहुनुपर्ने विषयहरुलाई कानूनसम्मत र सिलसिलेबार रुपमा उल्लेख गरी लिखित जवाफमा समावेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटका जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले सरकारी कार्यालयका प्रमुखले कानूनी प्रश्नमा द्विविधा भयो भने कानूनी राय माग गर्दा सरकारी वकीलसँग राय लिएर निर्णय गर्दा प्रभावकारी हुने बताउनुभयो ।

उहाँले कानूनी राज्य स्थापना गर्ने काममा हाम्रा काम कारवाही कानून सम्मत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी निकायलाई विपक्षी बनाइएका रिट निवेदनहरुमा सम्बन्धित कार्यालयमा म्याद तामेल हुने वित्तिकै सरकारी वकील कार्यालयसँग समन्वय गरी सुझाव लिएर लिखित जवाफ तयार गर्दा प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा जाजरकोट जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरु गरी २८ जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकील कार्यालय जाजरकोटका सहायक जिल्ला न्यायाधिवक्ता डिल्लीराज ज्ञवालीले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८३ असार ९ गते जाजरकोटको भेरी नगरपालिका स्थित त्रिभुवन मा.वि. मा सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अर्न्तगत लागू औषध सम्बन्धी कानूनी सचेतना कार्यक्रमको प्रतिवेदन ।


मिति २०८३।०३।०८ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा सम्पन्न सरकारी वकील र अनुसन्धान अधिकृत बीचको ३५ औं वैठकको निर्णय ।


मिति २०८३ साल ०५ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको २७ औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८३ जेठ महिनाको जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको मुद्दाको मासिक प्रतिवेदन ।


मिति २०८३ जेठ २८ गते सम्पन्न कानूनी राय र रिट निवेदनको लिखित जवाफ सम्बन्धी प्रशिक्षण/अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन ।


मिति २०८३।०२।२३ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा सम्पन्न सरकारी वकील र वन अनुसन्धान अधिकृत बीचको ३४ औं बैठकको निर्णय ।


मिति २०८३ साल जेठ २२ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट तहको समन्वय समितिको २२ औं वैठकको निर्णय ।


मिति २०८३ साल जेठ ०७ गते सम्पन्न जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको २६ औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८३ बैशाख महिनाको जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको मुद्दाको मासिक प्रतिवेदन ।


मिति २०८३ वैशाख १५ गते सम्पन्न जिल्ला कानूनी सहायता समिति जाजरकोटको आठौं वैठकको निर्णय ।