मिति २०८३/०२/२२ गते मुसिकोट नगरपालिका वडा नं.५ सेरीगाँउ स्थित न्यू मुन लाईट सेकेण्डरी बोडिङ स्कुलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।

samachar

2083-2-25

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८२/०८३ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" मुसिकोट नगरपालिका वडा नं.५ सेरीगाँउ, रुकुम (पश्चिम भाग)मा स्थित न्यू मुन लाईट सेकेन्दरी बोडिङ स्कुलको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकहरु समेतको  उपस्थितिमा न्यू मुन लाईट सेकेन्दरी बोडिङ स्कुलको प्रधानाध्यापक श्री खड्क बहादुर कुँवरको अध्यक्षता, जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा, जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम भाग)का प्रहरी नायब उपरीक्षक श्री बेद बहादुर पौडेलको विशेष आतिथ्यतामा तथा अधिवक्ता श्री अमर वली र न्यू मुन लाईट सेकेन्दरी बोडिङ स्कुलको सहायक प्रधानाध्यापक श्री सरद गौतमको आतिथ्यमा मिति २०८३/०२/२२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत " विभिन्न प्रकारका फौजदारी कसूरहरुमा जानकारी " सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला सरकारी वकील कार्यालय रुकुम (पश्चिम भाग)का नायब सुब्बा श्री भृकुटी चौधरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेलबाट" विभिन्न प्रकारका फौजदारी कसूरहरुमा जानकारी " विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई अधिवक्ता श्री अमर वली समेतबाट सम्वोधन भएको थियो। यस अवसरमा न्यू मुन लाईट सेकेन्दरी बोडिङ स्कुलको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक,शिक्षकहरु लगायत उपस्थित सम्पुर्ण सरोकारवालाहरु तथा कार्यक्रम सञ्चालिका जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका नायब सुब्बा श्री भृकुटी चौधरी समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो।


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०८३/०३/०२ गते मुसिकोट नगरपालिका वडा नं. ४ सोलाबाङ, रुकुम पश्चिम स्थित श्री बालकल्याण माध्यामिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८३/०२/२२ गते मुसिकोट नगरपालिका वडा नं.५ सेरीगाँउ स्थित न्यू मुन लाईट सेकेण्डरी बोडिङ स्कुलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८२ पौष ८ गते यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम (पश्चिम भाग) मा महान्यायाधिवक्ता कार्यालयको ७५औ स्थापना दिवश मनाईयो ।


२०८२/०७/२० गते सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु जिउलामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।


२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।