मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।

samachar

2082-3-16

१२ असार २०८२,रुकुम पश्चिम ।-महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८१/०८२ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिम र जिल्ला प्रशासन कार्यालय,रुकुम पश्चिमको युबा बालबालिका र बिधार्थी लक्षित सचेतना मुलक कार्यक्रम र जिल्ला प्रहरी कार्यालय,रुकुम पश्चिमको  लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम" त्रिबेणी गाउँपालिका वडा नं. ३ स्थित श्री जनजागरण माध्यमिक बिधालयमा स्थानिय तहका पदाधिकारी र जनप्रतिनिधी, शिक्षक,बिधार्थीहरु समेतको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेको अध्यक्षता र त्रिबेणी गा.पा.का अध्यक्ष श्री गणेश कुमार के.सी.को प्रमुख आतिथ्यतामा संयुक्त रुपमा मिति २०८२/०३/१२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत " लागू औषध दुर्ब्यसनी तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानूनी ब्यबस्था " सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला प्रहरी कार्यालय,रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक श्री प्रमेश बिष्टज्यूको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री हरिप्रसाद घिमिरेबाट" लागू औषध दुर्ब्यसनी तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानूनी ब्यबस्था" सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई जिल्ला प्रशासन कार्यालय,रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी श्री कुलबहादुर जि.सी.समेतबाट सम्वोधन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी तथा त्रिबेणी गाउँपालिकाका अध्यक्ष श्री गणेश कुमार के.सी.समेतले मन्तब्य राख्नु भएको थियो। यस अवसरमा त्रिबेणी गा.पा.अध्यक्षज्यु, प्रमुख जिल्ला अधिकारीज्यु,प्रहरी नायब उपरिक्षकज्यु,त्रिबेणी गा.पा.का प्रमुख प्रशासकिय अधिकृतज्यु त्रिबेणि गाउँपालिकाका वडा अध्यक्षज्युहरु,कार्यपालिका सदस्यज्युहरु,श्री जन जागरण माध्यमिक बिधालयका प्र.अ.लगायत सम्पुर्ण शिक्षक र बिधार्थीहरु तथा  कार्यक्रम सञ्चालक जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो।


संलग्न जोडिएका विवरणहरु

मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो । download
समाचार

२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १