2082-7-21
रुकुम पश्चिम,२० कार्तिक २०८२-महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८२/०८३ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु रुकुम पश्चिममा स्थानिय तहका जनप्रतिनिधी, स्थानीय जनसमुदायको समेतको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेलको अध्यक्षता र अधिवक्ता श्री मनिसा भण्डारीको प्रमुख आतिथ्यतामा मिति २०८२/०७/२० गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत " फौजदारी कसूरबाट कसरी बच्ने " सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। सानिभेरी गाउँपालिका वडा नं.७ का वडा सदस्य श्री बिष्णु प्रसाद ओलीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेलबाट" फौजदारी कसूरबाट कसरी बच्ने विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई अधिवक्ता श्री मनिशा भण्डारी समेतबाट सम्वोधन भएको थियो। यस अवसरमा सानिभेरी गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधि,बुद्बिजिबी,लगायत उपस्थित सम्पुर्ण सरोकारवालाहरु तथा कार्यक्रम सञ्चालक जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमका नायब सुब्बा श्री सुनिल न्यौपाने समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो।
२०८२/०७/२० गते सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु जिउलामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।
२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।
उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर
मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।
मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।
मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।
मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २
मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।
मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।