मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।

samachar

2082-1-3

रुकुम पश्चिम,२०८१ साल चैत्र २६ गते- जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको सभाहलमा  सरकारी वकील र अनुसन्धान अधिकारीबीच एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा अपराध अनुसन्धानमा वकील र अनुसन्धान अधिकारीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने बिषयमा गहन छलफल भएको थियो। कार्यक्रममा सरकारी वकीलहरुले अनुसन्धान अधिकारीहरुलाई प्रमाण संकलन, प्रमाणहरुको महत्व र कानूनी प्रक्रियामा सम्बन्धी प्रावधान बारे स्पष्ट पार्दै अनुसन्धानका क्रममा देखिने चुनौतीहरु बारे जानकारी गराउनु भएको थियो। यससँगै अनुसन्धान अधिकारीहरुले अनुसन्धानका क्रममा देखिने व्यावहारिक कठिनाई र जटिलताहरु बारे वकीलहरुसँग अनुभव साटासाट गर्नु भएको थियो। कार्यक्रमका अध्यक्ष जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमका कार्यालय प्रमूख चन्द्रबहादुर सिंजाली ज्यूले अनुसन्धान र अभियोजन कार्यमा आपसी समन्वय, सहकार्यमा मात्र न्याय प्रणाली सम्बन्धी  काम प्रभावकारी हुने बताउँदै हामी सबैको एउटै लक्ष्य तथा उद्देश्य रहेको फरक फरक जिम्मेवारी  बोकेका निकाय भएकोले दुबै पक्षबीच सुसंवाद  र सहयोग आवश्यक रहेको कुरामा जोड दिदै यस किसिमको अन्तरक्रिया कार्यक्रमले अनुसन्धान प्रकियामा देखिने कमी कमजोरीहरु हटाई न्याय सम्पादनलाई छिटो, छरितो, निष्पक्ष र बिश्नसनीय बनाई पीडकलाई सजाय र पीडितलाई न्याय दिनु हामी सबैको अभिष्ट रहेको बताउनु भयो।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय,रुकुम पश्चिमका अनुसन्धानकर्ताहरु र डिभिजन बन कार्यालय,रुकुम पश्चिमका अधिकृतहरुको सहभागिता रहेको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १