मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५

samachar

2081-7-11


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८१/०८२ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" आठबिसकोट नगरपालिका,रुकुम पश्चिमको प्राङगणमा स्थानिय तहका पदाधिकारी र जनप्रतिनिधी,कार्यपालिकाका सदस्यहरु,न्यायिक समितिका सदस्यहरु र विद्यार्थीहरुसँग मिति २०८१/०७/१० गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नगरप्रमुख श्री रवी के.सी., माननीय जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी श्री कुलबहादुर जि.सी., प्रहरी नायव उपरीक्षक नवराज पोख्रेल, अनुसन्धान प्रमुख चिरिन्जिवी बुढामगर, सहायक प्रमुख जिल्ला अधिकारी श्री बिनोद रेग्मी, शाखा अधिकृत गोविन्दप्रसाद कोईराला, प्रहरी निरीक्षक ,सशस्त्र प्रहरी निरीक्षक समेतको उपस्थितीमा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट" स्थानिय तहमा न्यायिक कारबाही र कानून सम्बन्धि जान्नै पर्ने कुराहरु" विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई माननीय जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्ला न्यायाधिवक्तताबाट सम्वोधन भएको उक्त कार्यक्रममा नगर प्रमुखलगायत स्थानीय राजनैतिक दलका प्रमुख तथा पदाधिकारीहरुले मन्तब्य राख्नु भएको थियो । यस अवसरमा नगर प्रमुख, माननीय जिल्ला न्यायायधीश, प्रमुख जिल्ला अधिकारी लगायत अतिथीज्यूहरु र उपस्थित सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो। download
सूचना
समाचार

मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला ५


हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०८१ सालको पावन अवसरमा यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा कार्यरत कर्मचारीहरु बिच मिति २०८१/६/१४ गते सोमबारका दिन शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/५/२८ गते शुक्रबारका दिन जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिचको बैठक सम्पन्न।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा तिज बिशेश दर खाने कार्यक्रम सम्पन्न भयो।


मिति २०८१/५/१४ गते शुक्रबारका दिन जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कर्मचारीहरुको शुक्रवारीय ड्रेस वितरण कार्य सम्पन्न।


मिति २०८१/४/३२ गते कर्मचारीहरुको नियमित बैठक सम्पन्न।


मिति २०८१/४/३२ गते जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्लाका अनुसन्धान अधिकारी र अभियोजन कर्ता बिच बैठक सम्पन्न।


मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४