मेलमिलापकर्ताहरु संग समुदायमा सरकारी वकिल अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (मिति २०८१/०३/०३)

samachar

2081-3-5

जिल्ला सरकारी वकिल कार्यालय मंगलसेन अछामको आयोजना तथा कमलबजार नगरपालिका न्यायिक समितिको समुन्वयमा कमलबजार नगरपालिकाका १० वटै वडामा कार्यरत मेलमिलापकर्ताहरु संग समुदायमा सरकारी वकिल अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समिती संयोजक शारदा देवी विष्ट कुँवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय अछामका सहायक जिल्ला न्यायधिवक्ता खडक बहादुर खड्काले प्रस्तुतीकरण गर्नु भएको थियो। कमलबजार नगरपालिकाका १० बटा वडाबाट ३/३ जनाका दरले ३० जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद ढुंगाना, जिल्ला सरकारी वकिल कार्यालयका नायव सुब्बा खेमराज पुन मगर तथा स. कम्प्युटर अपरेटर दिलिप सिह भाटको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवातमा स्वागत गर्दै न्यायिक समिति संयोजक कुँवरले मेलमिलापकर्ताहरु संग गरिएको यो कार्यक्रमले निकै राम्रो प्रभाव पार्ने बताउनु भयो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मेलमिलापकर्ताहरु संग समुदायमा सरकारी वकिल अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (मिति २०८१/०३/०३)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (कत्यायनी माध्यमिक विद्यालय कमलबजार नगरपालिका वडा नं. ६ हात्तिवाँझ अछाम मिति २०८१ /२/११


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (मिति २०८१-२-४ शान्ती माध्यमिक विद्यालय चौरपाटी गाउँपालिका वडा नं. ७ मार्कु अछाम)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ( श्री हिमालय मा.वि. खालसैन , अछाम मिति २०८०/०९/०६)


मिति २०७९।८।१४ गते श्री कुन्ती मा.वि. मंगलसेन-१ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको





मिति २०७८।८।१७ गते श्री षोड्शा देवी माध्यामिक विद्यालय मंगलसेन, अछाममा कक्षा ११ र १२ का कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।