समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (कत्यायनी माध्यमिक विद्यालय कमलबजार नगरपालिका वडा नं. ६ हात्तिवाँझ अछाम मिति २०८१ /२/११

samachar

2081-2-27

जिल्ला सरकारी वकिल कार्यालय अछामको आयोजना तथा  कमलबजार नगरपालिका वडा नं. ६ हात्तिबाँझ स्थिति कत्यायनी माध्यमिक विद्यालयको समुन्वयमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक श्री टोपेन्द्र कुमार शाहीको सभापतित्वमा सुरु भएको कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर शाह प्रमुख अतिथी रहनु भएको थियो।शिक्षक र विद्यार्थि गरी ६० जनाको सहभागिता रहेको कार्यक्रममा सरकारी वकिल कार्यालयको परिचय, लैङ्गिक हिंसा तथा लागू औषध सम्बन्धी कानूनी व्यवस्थाका विषयमा  जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता खडक बहादुर खड्काले प्रस्तुतिकरण गर्नु भएको थियो।कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका नायव सुव्वा खेमराज पुन मगर, महादेव भट्ट र खेमराज खड्का समेत सहभागित रहेको थियो। अन्तरक्रियात्मक उक्त कार्यक्रममा विद्यार्थिहरुले विभिन्न कानूनी विषयमा राख्नु भएको जिज्ञासाको जवाफ सहायक जिल्ला न्यायधिवक्ता खडक खड्कले दिनु भएको थियो । प्रमुख अतिथी एवं वडा अध्यक्ष लाल बहादुर शाहले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले समाजमा कानूनी सचेतना फैलाउने हुँदा यस्ता कार्यक्रमको निकै महत्व रहेको बताउनु भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मेलमिलापकर्ताहरु संग समुदायमा सरकारी वकिल अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न (मिति २०८१/०३/०३)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (कत्यायनी माध्यमिक विद्यालय कमलबजार नगरपालिका वडा नं. ६ हात्तिवाँझ अछाम मिति २०८१ /२/११


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न (मिति २०८१-२-४ शान्ती माध्यमिक विद्यालय चौरपाटी गाउँपालिका वडा नं. ७ मार्कु अछाम)


समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ( श्री हिमालय मा.वि. खालसैन , अछाम मिति २०८०/०९/०६)


मिति २०७९।८।१४ गते श्री कुन्ती मा.वि. मंगलसेन-१ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको





मिति २०७८।८।१७ गते श्री षोड्शा देवी माध्यामिक विद्यालय मंगलसेन, अछाममा कक्षा ११ र १२ का कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।