मिति २०८१/०२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम – श्रृंखला ४

samachar

2081-2-30


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८०/०८१ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" बाँफिकोट गाउँपालिका,रुकुम पश्चिमको सभाहलमा स्थानिय तहका पदाधिकारी र जनप्रतिनिधी,कार्यपालिकाका सदस्यहरु,न्यायिक समितिका सदस्यहरु,मेलमिलापकर्ताहरुसँग जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमका जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा मिति २०८१/०२/२७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । रुकुम जिल्ला अदालतका सुपरिबेक्षक श्री गोबिन्द प्रसाद कोइरालाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट"स्थानिय तहमा न्यायिक कारबाही र कानून सम्बन्धि जान्नै पर्ने कुराहरु" विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्तता श्री चन्द्रबहादुर सिंजाली समेतबाट सम्वोधन भएको उक्त कार्यक्रममा बारका अध्यक्ष श्री रत्नबहादुर खड्का र कार्यक्रमका प्रमुख अतिथी तथा बाँफिकोट गाउँपालिकाका अध्यक्ष श्री जनकबहादुर बाँठाले मन्तब्य राख्नु भएको थियो । यस अवसरमा बाँफिकोट गा.पा.अध्यक्षज्यु, उपाध्यक्षज्यु,प्रमुख प्रशासकिय अधिकृतज्यु, अध्यक्ष रत्नबहादुर खड्का‚ कार्यपालिका सदस्यज्युहरु,न्यायिक समितिका सदस्यज्युहरु,लगायत उपस्थित सम्पुर्ण महानुभाबहरु लगायत कार्यक्रम सञ्चालक नायब सुब्बा सुनिल न्यौपाने समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो। download
समाचार

२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १