मिति २०८१/०२/२५ गते त्रिवेणी गाउँपालिका, रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्यक्रम - श्रृंखला ३

samachar

2081-2-30


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८०/०८१ को लागी यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिमले तयार गरेको वार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम" यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिम र रुकुम जिल्ला अदातलको "न्यायिक अन्तरसंवाद कार्यक्रम" त्रिबेणी गाउँपालिका,रुकुम पश्चिमको सभाहलमा स्थानिय तहका पदाधिकारी र जनप्रतिनिधी,न्यायिक समितिका सदस्यहरु,मेलमिलापकर्ताहरुसँग रुकुम जिल्ला अदालतका माननीय न्यायाधीश रामप्रसाद बस्यालज्युको अध्यक्षतामा संयुक्त रुपमा मिति २०८१/०२/२५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री राजेन्द्र रेग्मीज्युको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीबाट"स्थानिय तहमा न्यायिक कारबाही र कानून सम्बन्धि जान्नै पर्ने कुराहरु" विषयमा कार्यपत्र प्रस्तुत भएको थियो। सहभागीहरुबाट उठेको जिज्ञासालाई रुकुम जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिश श्री रामप्रसाद बस्यालसमेतबाट सम्वोधन भएको उक्त कार्यक्रममा बारका अध्यक्ष श्री रत्नबहादुर खड्का र कार्यक्रमका प्रमुख अतिथी तथा त्रिबेणी गाउँपालिकाका उपाध्यक्ष श्री राजकुमारी रेउलीले मन्तब्य राख्नु भएको थियो भने सहभागीहरुको तर्फबाट त्रिबेणी गा.पा.वडा नं.१ का वडा अध्यक्षले संबोधन गर्नु भएको थियो। यस अवसरमा त्रिबेणी गा.पा.उपाध्यक्षज्यु, रुकुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यू‚,रुकुम जिल्ला अदालतका नि.श्रेस्तेदार माया रिजाल,बार अध्यक्ष रत्नबहादुर खड्का‚ कानून व्यवासी अधिबक्ता‚अमरबहादुर ओली, त्रिबेणि गाउँपालिकाका वडा अध्यक्षज्युहरु,कार्यपालिका सदस्यज्युहरु,मेलमिलापकर्ताहरु लगायत कार्यक्रम सञ्चालक शाखा अधिकृत गोबिन्द प्रसाद कोईराला समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो। download
समाचार

२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।


मिति २०८१/०७/१० गते आठबिसकोट नगरपालिका,रुकुम पश्चिममा भएको समुदायमा सरकारी वकील कार्याक्रम-श्रृंखला १