मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2081-2-23

मिति २०८१।२।२३ गते जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित सरस्वति माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । कावासोती ४ का वडा अध्यक्ष श्री नारायण प्रसाद लोहनीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नवलपुर जिल्ला अदालतका स्रेस्तेदार श्री गम्भिर घिमिरे, नवलपुर बारका अध्यक्ष श्री चेत प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद घिमिरेले कार्यक्रम गर्नुको उद्देश्य, सरकारी वकीलको काम कर्तव्य र अधिकार, पीडित तथा शंकितका अधिकारहरु, फौजदारी न्यायका सिद्धान्तहरु, केही सरकारवादी फौजदारी कसूर तथा उक्त कसूरमा भएको सजायको व्यवस्था, सरकारी वकील कार्यालयले समुदायसँग राखेका अपेक्षाहरु लगायतका विषयहरु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा  स्रेस्तेदार श्री गम्भिर घिमिरे, नवलपुर बारका अध्यक्ष श्री चेत प्रसाद शर्मा, वडा अध्यक्ष श्री नारायण प्रसाद लोहनीले आफ्नो मनतव्य दिनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न