२०८०/१०/१२ गते समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २

samachar

2080-9-18


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पञ्च वर्षीय रणनीतिक योजना (२०७८–०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८०/०८१ को लागी यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिम भागले तयार गरेको वार्षिक कार्ययोजनानुरुप यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको "समुदायमा सरकारी वकील कार्यक्रम-श्रृंखला"२ र रुकुम जिल्ला अदातलको "न्यायिक अन्तरसंवाद कार्यक्रम" रुकुम पश्चिम जिल्ला स्थित मुसिकोट नगरपालिका वडा नं.१ मा रहेको न्यु मुनलाईट बोडिङ स्कुलको सभाहलमा कानून र अन्य संकायमा अध्ययनरत विधार्थीहरुसँग रुकुम जिल्ला अदालतका माननीय न्यायाधीश रामप्रसाद बस्यालज्युको अध्यक्षतामा संयुक्त रुपमा मिति २०८०/१०/१२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।रुकुम जिल्ला अदालतका श्रेस्तेदार श्री मन्दिरा शाहीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश श्री रामप्रसाद बस्यालबाट "बालन्याय‚ घरेलु हिंसा र देवानी कानून सम्वन्धी" र जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीबाट "कसूरको सूचना‚ अनुसन्धान‚ अभियोजन र बहसपैरवी तथा प्रतिरक्षामा सरकारी वकीलको भूमिका" विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो। विधार्थीहरुबाट उठेको जिज्ञासालाई माननिय जिल्ला न्यायाधीश रामप्रसाद बस्याल र जिल्ला न्यायाधिबक्ता श्री चन्द्रबहादुर सिंजालीबाट सम्वोधन भएको उक्त कार्यक्रममा विधार्थीहरुको तर्फबाट सम्पदा ओली र प्र.अ.श्री खडकबहादुर कुवँरबाट धन्यावाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भयो ।यस अवसरमा रुकुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यू‚ श्रेस्तेदार मन्दिरा शाही‚ अधिवक्ता रत्नबहादुर खड्का‚अमरबहादुर ओली, रुकुम जिल्ला अदालतका इजलास अधिकृत तथा तहसिलदार गोबिन्द कोईराला, न्यु मुनलाईट बोडिङ स्कुलका प्रिन्सिपल लगायत सम्पूर्ण शिक्षक र बिधार्थीहरु लगायत कार्यक्रम सहजिकरण गर्ने नायब सुब्बा लक्ष्मण बि.क. र गणेश बुढामगर समेत सवैमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरियो। download
समाचार

२०८२/०७/२० गते सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु जिउलामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।


२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।


मिति २०८१/१०/०६ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको समुदायमा सरकारी वकील कार्यक्रम- श्रृंखला २


मिति २०८१/०९/२६ गते शुक्रबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा अनुसन्धान अधिकारी र अभियोजनकर्ताहरु बिच हुने नियमित बैठक सम्पन्न भयो।


मिति २०८१/०७/१२ गते सोमबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिममा जिल्ला न्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजाली ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न।