२०८०/१०/०८ गते समुदायमा सरकारी वकील कार्यक्रम -प्रथम श्रृंखला।

samachar

2080-9-18


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिबक्ताको कार्यालयको तेस्रो पञ्च बर्षीय रणनितिक योजना (२०७८-०८३) ले निर्धारण गरेका क्रियाकलापको अधिनमा रहेर आर्थिक वर्ष २०८०/०८२ को लागी यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिम भागले तयार गरेको बार्षिक कार्ययोजनानुरुप "समुदायमा सरकारी वकील कार्यक्रम –प्रथम श्रृंखला" यस कार्यालयको सभाहलमा रुकुम पश्चिम जिल्ला स्थितमा रहेका फरक क्षमता भएका ब्यक्तिहरुसँग " अपाङ्गता भएका ब्यक्तिहरुको कानूनी अधिकार र सेवा सुबिधा सम्बन्धी जान्नै पर्ने कुराहरु " बिषयमा जिल्ला सरकारी वकील कार्यालयका रुकुम पश्चिमका जिल्ला न्यायाधिबक्ता श्री चन्द्रबहादुर सिंजाली ज्युको अध्यक्षतामा मिती २०८०/१०/०८ गते अन्तर्क्रिया कार्याक्रम सम्पन्न भयो । कार्यालयका नायब सुब्बा सुनिल न्यौपानेको स्वागत मन्तब्य र सहायक जिल्ला न्यायाधिबक्ता राजेन्द्र रेग्मीको संचालनबाट सुरु भई प्रमुख अतिथिको रुपमा रुकुम जिल्ला अदालतका श्रेस्तेदार श्री मन्दिरा शाही, बिशेस अतिथिहरु अपाङ्ग बहुउदेश्य पुनर्स्थापना केन्द्रका अध्यक्ष श्री गणेशबहादुर के.सी. र नेपाल अपाङ्ग महासंघ रुकुम पश्चिमका उपाध्यक्ष श्री दिपेन्द्रबहादुर पुनमगर र अतिथि रुकुम जिल्ला अदालतका ईजलास अधिकृत श्री गोबिन्द प्रशाद कोईराला लगाएत फरक क्षमता भएका ब्यक्तिहरुको हक हित र अधिकारको सम्बन्धमा संस्थाहरुको सहभागिता भएको थियो। कार्याक्रमको उपादायता सम्बन्धमा कार्यालयका जिल्ला न्यायाधिबक्ता श्री चन्द्रबहादुर सिंजालीबाट कार्यपत्र प्रस्तुत भई अन्तरक्रियामा सहभागीहरुबाट उठेको जिज्ञासालाई समेत सम्बोधन सहित धन्यबाद ज्ञापन गरियो। download
समाचार

मिति २०८३/०३/०२ गते मुसिकोट नगरपालिका वडा नं. ४ सोलाबाङ, रुकुम पश्चिम स्थित श्री बालकल्याण माध्यामिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८३/०२/२२ गते मुसिकोट नगरपालिका वडा नं.५ सेरीगाँउ स्थित न्यू मुन लाईट सेकेण्डरी बोडिङ स्कुलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।


मिति २०८२ पौष ८ गते यस जिल्ला सरकारी वकील कार्यालय,रुकुम (पश्चिम भाग) मा महान्यायाधिवक्ता कार्यालयको ७५औ स्थापना दिवश मनाईयो ।


२०८२/०७/२० गते सानिभेरी गाउँपालिका वडा नं.७ फुक्रु जिउलामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो ।


२०८२ श्रावन २९ गते जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिमको सभाहलमा अनुसन्धान अधिकारी र सरकारी वकीलहरु बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।


मिति २०८२/०३/१२ गते त्रिबेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिम स्थित श्री जनजागरण माध्यमिक बिधालयमा समुदायमा सरकारी वकील कार्याक्रम सम्पन्न भयो ।


उच्च सरकारी वकील कारयालय,बुटवलबाट सरुवा भई आउनु भएका जिल्ला न्यायाधिवक्ता श्री हरिप्रुसाद घिमिरे र जिल्ला सरकारी वकील कार्यालय,काठमाडौबाट सरुवा भई आउनु भएका सहायक जिल्ला न्यायाधिवक्ता श्री चन्द्र प्रसाद संजेल सरको स्वागत पश्चात लगेको सामुहिक तस्बिर


मिति २०८१ साल चैत्र २६ गते मंगलबारका दिन जिल्ला सरकारी वकील कार्यालय,रुकुम पश्चिममा अनुसन्धान अधिकारीहरु र अभियोजनकर्ताहरु बिच नियमित बैठक सम्पन्न भयो ।


मिति २०८१/१२/२६ गते मंगलबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, रुकुम पश्चिममा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो।


मिति २०८१/११/१ गते बिहिबारका दिन उच्च सरकारी वकील कार्यालय, सुर्खेतबाट जिल्ला सरकारी वकील कार्यालय रुकुम पश्चिमको निरक्षण कार्य सम्पन्न।