सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न

samachar

2078-11-8

मिति २०७८।११।८ गते जिल्ला सरकारी वकील कार्यालय¸ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक बसी निम्न उपस्थितिमा तपसिल बमोजिम निर्णय गरियो ।

छलफलका प्रस्ताव तथा निर्णयहरु

  • महान्यायाधिवक्ताको कार्यालयको च.नं. १२८९४ मिति २०७८/११/५ को पत्र बमोजिम जाहेरी दर्ता नगरिएको विषयलाई लिएर रिटको माध्यमबाट जाहेरी दर्ता गरी कारवाही गर्नु परेको अवस्था रहेको र उक्त कानूनी व्यवस्था समेतलाई हेर्दा जाहेरी दर्ताका सम्बन्धमा एकरुपता कायम गरी कानून कार्यान्वयनमा सहजताका लागि के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने सम्बन्धमा छलफल गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ अनुसार जाहेरी गर्ता गर्ने कार्य हालसम्म निरन्तर भैरहेको¸ दफा ५ अनुसार जाहेरी दर्ता नगरी पठाइएको अवस्था नहुदा नहुँदै पनि प्रमाण बुझ्ने प्रयास गर्दा गर्दै पनि उच्च अदालतमा रिटमा प्रवेश गरेको पाइएको अवस्था छ । यस्तो अवस्था आउन नदिन अब जाहेरी प्राप्त हुनासाथ जाहेरी दर्ता गर्ने कार्यलाई अग्राधिकार दिने निर्णय गरियो ।
  •  मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११ मा उल्लेखित भए अनुसार भ्रमपूर्ण¸ झुट्टा वा काल्पनिक जाहेरीलाई दर्ता गरी सोसँग सम्बन्धित प्रमाण बुझी तामेलीमा राख्न ऐनमा दिएको ३ दिन भित्र व्यक्ति उपस्थित भई बुझ्ने कार्य नै नभ्याईने हुँदा उक्त अवधि बढाउन मनासिव देखिँदा प्रमाण बुझी तामेलीमा राख्ने अवधी बढाउन सुझाव पेश गर्ने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न