कर्मचारीहरुको बैठक सम्पन्न

samachar

2078-11-1

मिति २०७८।११।१ गते जिल्ला सरकारी वकील कार्यालय¸ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा सरकारी वकील कार्यालयका सम्पूर्ण कर्मचारीहरुबीच बैठक बसी तपसील बमोजिम निर्णय गरियो ।

निर्णयहरु :-

  • लागू औषध मुद्दामा अभियोजन गर्दा प्रतिवादीहरुबाट बरामद भएका मोवाइल लागू औषधको बिक्री वितरणबाट खरिद गरेको नदेखिएमा जफतको मागदावी नलिने गरी अभियोग तयार गर्ने¸
  • बालबालिका समावेश भएका मुद्दाको अदालतमा सुनुवाईको क्रममा भएका आदेशको जानकारी बाल सुधार गृहमा दिने¸
  • बालबालिका समावेश भएका मुद्दामा हरेक पेशीको १२० दिनमा फैसला नभए अदालतमा जानकारी मागी मिसिल सामेल गर्ने¸
  • फागुन महिनाभित्र उच्च सरकारी वकील कार्यालयबाट र महान्यायाधिवक्ताको कार्यालयबाट निकासा भई आएका मिसिलहरु प्रहरी कार्यालयमा सुरक्षित रुपमा राख्ने गरी पत्र सहित पठाउने¸
  • मासिक प्रतिवेदन हरेक महिनाको ७ गते भित्र महान्यायाधिवक्ताको कार्यालय तथा उच्च सरकारी वकील कार्यालयमा पठाइएकोमा त्यसलाई निरन्तरता दिने¸
  • अभियोग तयार नहुँदै मिसिल संलग्न नक्कल कागजातहरु कोही कसैलाई नदिने गरिएको र गोप्यता कायम गरेको कुरालाई अझ बढी निरन्तरता दिने¸
  • प्रत्येक वर्षको श्रावण महिनामा प्रहरीको अपराध दर्ता किताब र सरकारी वकील कार्यालयको अपराध दर्ता रुजु गरी अनुसन्धान नभएका मुद्दाको हकमा अनुसन्धान गर्न निर्देशन दिने¸
  • कार्यालयका सबै कर्मचारी आचार संहिता भित्र अनुशासित भई कार्य गरेको हुँदा यसैलाई अझै अनुशासित र मर्यादित बनाई कार्यालयको आ आफ्नो जिम्मेवारीलाई अझै मर्यादित र निरन्तरता दिने ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न