2078-9-19
जिल्ला सरकारी वकील कार्यालय, डडेल्धुराले आ.व २०७८।७९ मा बार्षिक कार्ययोजना अनुरुप दोस्रो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७८।०९।१६ गते अमरगढी नगरपालिका वडा नं. ७ , डडेल्धुरामा उक्त कार्यक्रम सञ्चालन गरेको हो । उच्च सरकारी वकील कार्यालय, महेन्द्रनगरका निमित्त सहन्यायाधिवक्ता श्री कृष्णराज पन्तज्यू समेतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सहायक जिल्ला न्यायाधिवक्ता श्री खड्क बहादुर खड्काले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालनको क्रममा यसको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा ५२ जना सहभागिहरुको उपस्थिति रहेको थियो भने मुलुकी अपराध संहिता,२०७४ को मुलभुत प्रावधानहरु, मानव अधिकार र मौलिक हक सम्बन्धी व्यवस्था, सरकारवादी फौजदारी मुद्दाको प्रक्रियामा समुदायका मानिसहरुको भुमिका सम्बन्धमा छलफल भएको थियो । नि. सहन्यायाधिवक्ताज्यूले सहभागीहरुले राखेको जिज्ञासाको समाधान सहितको मन्तव्य उक्त कार्यक्रममा दिनु भएको थियो ।
सुचि दर्ता गराउने बारेको सूचना ।
अपराध पीडित संरक्षण नियमावली, २०७८
अभियोजन नीति तथा मार्गदर्शन, २०७७ को विषयमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रमको आयोजना
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को घोषणापत्र
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन