2078-5-16
जिल्ला सरकारी वकील कार्यालय, डडेल्धुराले आ.व. २०८२/८३ मा वार्षिक कार्ययोजना अनुरुप पहिलो समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२/०८/०२ गते बैजनाथ मा.बि. मौरडा,अ.न.वा.-२ डडेल्धुरामा उक्त कार्यक्रम सञ्चालन गरेको हो। उच्च सरकारी वकील कार्यालय, डडेल्धुरा जिल्ला अदालत बार इकाई अध्यक्ष श्री तुलाराम बोहरा ज्यू समेतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन नायब सुब्बा श्री हरिहर भट्टले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालनको क्रममा यसको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रममा जम्मा ४५ जना विध्यार्थी भाई बहिनीहरुको उपस्थिति रहेको थियो भने स्वच्छ र निष्पक्ष न्याय सम्पादनमा समुदायको भूमिका, नागरिकका कर्तव्यहरू, मानव अधिकार र मौलिक हक सम्बन्धी वर्तमान संविधान तथा कानूनमा उल्लेख भएका व्यवस्था, समाजमा अपराधिक क्रियाकलाप बढ्नुका कारणहरु, समस्या र तीनको समाधानमा सरकारी वकील कार्यालयको भूमिका सम्बन्धमा छलफल भएको थियो। जिल्ला न्यायाधिवक्ता श्री तारा सिंह धामीज्यूले विध्लेयार्थी भाई बहिनिहरुले राखेको जिज्ञासाको समाधान सहितको मन्तव्य उक्त कार्यक्रममा दिनु भएको थियो।