2021-02-28
महान्यायाधिवक्ताको कार्यालयद्वारा प्रकाशित "अभियोजन नीति तथा मार्गदर्शन, २०७७" को बारेमा सरोकारवालालाई जानकारी दिलाउने उद्देश्यले मिति २०७७/११/१७ गते दिनको २ बजे छलफल कार्यक्रम आयोजना गर्न लागिएको छ। उक्त कार्यक्रममा डडेल्धुरा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीशज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रहरी प्रमुखज्यू, डिभिजन वन कार्यालयका प्रमुखज्यू, खाद्य निरीक्षकज्यू, डडेल्धुरा जिल्ला अस्पतालका चिकित्सकहरु, जिल्ला अदालत बार एकाईका प्रतिनिधिज्यूहरु, स्रेष्तेदार र तहसिलदारज्यूहरु लगायत सम्बन्धित व्यक्तिव्तहरुको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय, डडेल्धुराको सभाहलमा एक कार्यक्रमको आयोजना गरिएको छ।
उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ताज्यूले अभियोजन नीति तथा मार्गदर्शनले अवलम्वन गरेका नीतिगत विषयहरुमा जानकारी गराउने कार्यक्रम रहेको छ। त्यसपछि सरोकारवाला व्यक्ति वा निकायबाट प्राप्त सुझाबहरू समेत संकलन गरी पृष्ठपोषणको रुपमा महान्यायाधिवक्तकाो कार्यालयमा पेस गरिनेछ। कार्यक्रमको संचालन यस कार्यालयका खरिदार श्री कविराज जोशीले गर्नुहुनेछ।
सुचि दर्ता गराउने बारेको सूचना ।
अपराध पीडित संरक्षण नियमावली, २०७८
अभियोजन नीति तथा मार्गदर्शन, २०७७ को विषयमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रमको आयोजना
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को घोषणापत्र
यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन