२०७८ मंसिर ४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-8-7

मिति २०७८ मंसिर ३ गते उच्च सरकारी वकील कर्यालय पोखरा र जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. १५ स्थित अमरटारी मध्यवर्ती सामूदायिक होमस्टेमा सम्पन्न उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालको अध्यक्षता र कावासोती नगरपालिकाकी मेयर श्री चन्द्रकुमारी पुनको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । ना.सु. नारायण पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, अभिभावक, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै उच्च सरकारी वकिल कार्यालय पोखराका उपन्यायाधिवक्ता श्री धर्मराज पौडेलले कार्यक्रमको उद्देश्य एवम आवश्यकताबारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारीले समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै पीडितका अधिकारको विषयमा चर्चा गर्नु भएको थियो । कावासोती नगरपालिकाकी मेयर चन्दकुमारी पुन लगायतले समुदायमा सरकारी वकील कार्यक्रमले जनसमुदायमा कानुनी सचेतना अभिवृद्दि गर्न सफल हुने बताउनुभएको थियो । उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले फौजदारी मुद्दा¸ त्यसका प्रकृति¸ उजुरीको प्रकृया लगायतका विषयमा चर्चा गर्दै सहभागिहरुले सोधेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न