कर्मचारी आवस्यकता सम्बन्धमा

samachar

2078-7-24

सूचना प्रकाशित मिति: २०७८/०७/२३

विषय: सेवा करारमा कर्मचारी आवश्यकता सम्बधमा ।

यस कार्यालयमा मिति २०७८/०७/२२ गते देखी रिक्त हुन आएको सहायक कम्प्युटर अपरेटर पद संख्या १ (एक) मा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको हुँदा सेवा करारको माध्यमबाट सेवा प्रदान गर्न ईच्छुक निम्न योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा निवेदन पेश गर्न सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

आवश्यक न्युनतम योग्यता :

  • प्रमाणपत्र तह ‌(+2) उतीर्ण ।
  • कम्तिमा तीन महिनाको basic कम्प्युटर तालिम प्राप्त ।
  • ३५ बर्ष ननाघेको ।
  • प्रचलित कानून बमोजिम अयोग्य नभएको ।

अन्य आवश्यक कागजातहरु:

 १ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

 २ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु ।

करार अवधि: बढीमा ६ महिना सम्म ।

तलब सुविधा: नेपाल सरकारको नियम अनुसार ।

                                                                   

                                                                    प्रकाश मरासिनी

                                                                    जिल्ला न्यायाधिवक्ता


संलग्न जोडिएका विवरणहरु

No Attachments