समुदायमा सरकारी वकील

samachar

2078-6-15

जिल्ला सरकारी वकीलको कार्यालय दोलखाको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम श्री कालिञ्चोक उच्च मा.बि.मा संचालन भएको छ सो कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनी गर्नु भएको छ भने अतिथिहरुमा जिल्ला बार ईकाइ दोलखाका केन्द्रीय पार्षद श्री कृष्ण बस्नेत जिल्ला बार ईकाइ दोलखाका अध्यक्ष श्री सरोज उप्रेति रहनु भएको थियो सो कार्यक्रमको उद्घोषण जिल्ला सरकारी वकील कार्यालयका नायव सुव्वा श्री यूरेश थपलियाले गर्नु भएको छ ।

जिल्ला सरकारी वकीलको कार्यालय दोलखाले श्री कलिञ्चोक उच्च मा.बि.को सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको छ । महान्यायाधिवक्ताको परीचय,काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्रमा प्रस्तुत गरिएको छ । सरकारको मुख्य कानूनी सल्लाहकार, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकारी (प्रमुख अभियोजक), सरकारको सरोकारको मुद्दामा प्रतिनिधित्व र प्रतिरक्षा गर्ने अधिकारी, संसदको आमन्त्रणमा संसदको बैठकका कानूनी प्रश्नमा राय व्यक्त गर्न सक्ने अधिकारी, मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने वा गराउने अधिकारी, हिरासतमा रहेको व्यक्तिलाई यस संविधानको अधीनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानुन व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी हुन आएमा छानबीन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने अधिकारी लगाएतको भुमिकामा महान्यायाधिवक्ता रहेको भनि कार्यपत्रमा उल्लेख छ ।

महान्यायाधिवक्ता, नायव महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता वा सहायक जिल्ला न्यायाधिवक्ता नै सरकारी वकील रहेको कार्यपत्रले प्रष्ट भनेको छ । साथै कार्यपत्रमा कानुन शब्दावीलीको बारेमा समेत उल्लेख गरीएको छ ।

उक्त कार्यक्रममा ६० जना बिध्यार्थीले छलफलमा भाग लिएका र छलफलमा उठेका बिषयको सम्बोधन गर्दै जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनिले मुद्दा चलाउने नचलाउने अधिकार महान्यायाधिवक्ताको रहेको र सोही अधिकार प्रत्यायोजन भए अनुसार जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताले महान्यायाधिवक्ताको अधिकार प्रयोग गरी जिल्लामा प्रतिनिधित्व गर्ने र जिल्ला न्यायधिवक्ता तथा सहायक जिल्ला न्यायधिवक्ता पीडीतको वकील र पीडकको मानव अधिकारको संरक्षक रहेको बिषयमा समेत प्रकाश पार्नु भएको छ । उक्त कार्यक्रममा जिल्ला बार ईकाइ दोलखाका केन्द्रीय पार्षद श्री कृष्ण बस्नेत, जिल्ला बार ईकाइ दोलखाका अध्यक्ष श्री सरोज उप्रेति, बैतनिक कानुन व्यवशायी श्री राजेन्द्र नारायण श्रेष्ठ,कानुनी सहायताका अधिवक्ता श्री जगदिश भुजेल समेततले मन्तव्य राख्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments