कारागार कार्यालय दोलखामा पुस्तक वितरण

samachar

2078-4-11

महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट कारागार कार्यालय, दोलखामा रहेका कैदीबन्दीहरुको लागि मिति २०७८ साउन १० गते पुस्तक हस्तान्तरण गरिएको छ ।

कारागार कार्यालय, दोलखा चरिकोटको परिसरमा आयोजित एक कार्यक्रमका बीच जिल्ला सरकारी वकील कार्यालय,दोलखाका जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनीले कारागार कार्यालय, दोलखा चरिकोटका प्रमुखलाई पुस्तक हस्तान्तरण गर्नु भएको छ ।

सो हस्तान्तरण कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री प्रकाश मरासिनीले माननीय महान्यायाधिवक्ताज्यू तथा उहाँबाट आफुमा निहित अधिकारको प्रयोग गरी मातहतका अधिकृतहरूलाई अधिकार प्रत्यायोजन भए अनुसार नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ताले कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीहरूको मानव उचित व्यवहार भए नभएको समेतका विषयमा अनुगमनका कार्य प्रत्येक वर्ष हुदै आएकोमा यस कार्यालयमा अनुगमनका सिलसिलामा कारागारमा रहेको पुस्तकालयलाई थप सुदृढ तुल्याउनुपर्ने देखिएको तथा सामान्य लेखपढ गर्न जान्ने तथा उच्च शिक्षा हासिल गरिसकेका थुनुवा तथा कैदीबन्दीहरुका लागि बिभिन्न बिधामा आधारीत पुस्तकहरुका साथै कैदीबन्दीहरुका हक अधिकारका र ऐन कानुनमा के कस्तो व्यवस्थाहरु रहेका छन । मुद्दाको पुनरावेदनको प्रक्रिया के कस्तो छ जस्ता विषयमा कैदी बन्दीहरुले आफै अध्ययन गर्न सकुन भनेर नै महान्यायाधिवक्ताको कार्यालयले नेपालको संविधान,ऐन, कानून, नियम लगायत बिभिन्न बिषयमा आधारीत पुस्तकहरु समेत प्रदान गरेको जानकारी गर

गराउनु भयो ।

उक्त कार्यक्रममा दोलखा जिल्ला वार ईकाइका केन्द्रीय पार्षद तथा पुर्व अध्यक्ष  श्री कृष्ण बस्नेत र दोलखा जिल्ला वार ईकाइका सचिव तथा वैतनिक कानुन व्यवसायी श्री राजेन्द्रनारायण श्रेष्ठले यस्ता कार्यहरुले कैदीबन्दीहरु समेतमा कानुनि ज्ञान बृद्धी हुने र यस्ता कार्यक्रमले निरन्तरता पाएमा कैदी बन्दीहरुलाई अपराध सम्बन्धमा जानकरी भई समाजमा अपराध न्युनिकरण भई शान्ति सुव्यवस्था साथै दण्ड हिनता न्युनिकरण हुनेमा सहयोग पुग्ने समेत बताउनु भएको थियो र उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिबत्ता श्री बद्री कुमार कार्कीले हस्तान्तरण भएका बिभिन्न बिधाका पुस्तकहरु महान्यायाधिवक्ताको कार्यालयबाट प्रकाशित "जर्नल",कानुन किताब व्यवस्था समिति, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल कानून व्यवसायी परिषद, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालबाट प्रकाशन गरिएका बिभिन्न कानुन सम्बन्धी पुस्तक, कथा, उपन्यास, जीवनी, कला,साहित्य, निबन्ध लगायतकाजम्मा २८० थान पुस्तकहरुरहेको जानकारी दिनु भयो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments