अन्तरक्रिया कार्यक्रम सम्पन्न

suchana

2021-09-28


संलग्न जोडिएका विवरणहरु

  • मिति २०७८।६।८ गते जि.स.व.का. सुनसरीको सभाहलमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको अनुसन्धान र अभियोजन लगायतका विषयहरुमा अन्तर्क्रिया सम्पन्न गरी मिति २०७८।०५।२० गते जि.स.व.का. सुनसरीवाट अनुसन्धान गर्ने निकायहरुलाई जारी गरिएको २० बुदे निर्देषण र उच्च अदालत विराटनगरका माननिय मुख्य न्यायाधिसको अध्यक्षतामा गठित अनुगमन समितिको बैठकको निर्णयानुसार जारी भएको पीडित क्षतिपुर्ती र लगातार सुनुवाई सम्बन्धी प्रचलित कानूनी व्यवस्थाको प्रयोगको प्रभावकारीता बृद्धिका लागि जारी मार्गदर्शन २०७८ ले मार्गदर्शन गरेका वषयहरुलाई पालना गर्ने गराउने प्रतिवद्धता सहितको निर्णय गरियो ।
  • मिति २०७८।६।८ गते जिल्ला अदालत सुनसरी, जिल्ला सरकारी वकील कार्यालय सुनसरी र अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरी एवं मातहतका निकाया कार्यारत कार्यालय प्रमुख र अनुसन्धान अधिकृतहरु विचमा न्याय सम्पादनलाई छिटो छरितो र प्रभावका‍री बनाउने हेतुले जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा अन्तर्क्रिया सम्पन्न भयो ।
  • यस कार्यालयवाट सम्पादन हुने कार्यहरुको सम्बन्धमा सेवाग्राहीहरुलाई जानकारी दिने अद्धेश्यले नागरिक बडापत्र तयार गरी मिति २०७८।६।१० गते सार्वजनिक गरियो ।
  • यस कार्यालयका  स.जि.न्या.व. श्री कल्याण पराजुलीलाई पीडित सम्पर्क तथा क्षतिपुर्ति अधिकारी, महिला तथा बालबालीका सेल तर्फको जिम्मेवारी स.जि.न्या.व. श्री अवसर मादेन र हेलो साक्षी कार्यक्रमको Focal Person  ना.सु. श्री निर बहादुर राईलाई तोकिएको छ ।