तरहरामा सरकारी वकील कार्यक्रम

samachar

2076-2-20

तरहरा स्थीत जनसहयोग मा.वि. को सभाहलमा स्थानीय बुद्दीजिवी, शिक्षक, बिधार्थी, स्थानीय तहका प्रतिनिधि, पत्रकार लगायत करीब ४५ जना भन्दा बढीको सहभागीता मिति २०७६।०२।१७ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्‍न भएको छ । सरकारी वकीलको काम, कर्तव्य र अधिकार तथा कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्दै सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौला ज्यूले आफ्नो स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

            पिडितको संरक्षणमा सरकारी वकील कार्यालयले गर्ने काम, साक्षी बकपत्र, बकपत्रमा आउने सक्षीले पाउने भत्ता, पिडित मैत्री कक्ष, हेलो साक्षी कार्यक्रम लगायतका बिषयहरू समेतका बारेमा कार्यक्रम संयोजक सहायक जिल्ला न्यायाधिवक्ता अनिल रेग्मी ज्यूले कार्यक्रममा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै इटहरी उप म.न.पा. वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले समाजमा आपराधिक क्रियाकलाप हुन नदिन र अपराधिलाई कानुनी दायरमा ल्याउन आफ्नो तर्फबाट हुन सक्ने सक्दो सहयोग गर्न तयार रहेको बताउदै सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।

            छलफलका क्रममा सहभागिहरुले कर्तव्य ज्यान, जवर्जस्ती करणी, लागु औषध, बहुबिबाह, चोरी, दाईजो प्रथा, घरेलु हिंसा जस्ता जघन्य तथा गम्भिर खालका अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया र पिडितले पाउने न्याय तथा क्षतिपूर्तीका सम्बन्धमा जिज्ञास राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएको जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला ज्यूले छलफलका क्रममा उठेका प्रश्‍न तथा जिज्ञासाहरुलाई सम्बोधन गरी मुलुकी अपराध संहिता, २०७४ ले व्यवस्था गरेका महत्वपुर्ण एवम् पृथक खालका कानुनी व्यवस्थाहरुको बारेमा जानकारी दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments