2076-4-14
जिल्ला सरकारी वकील कार्यालय सुनसरीबाट पहिलो पटक प्रतिवादीलाई सजाय छुटको प्रस्ताव सहित अभियोजन गरिएको छ । कर्तव्य ज्यान मुद्दाको प्रतिवादी विमल भन्ने विमला रिषिदेवले आफ्नै पतिको हत्या गरी भारत गई वस्दा अपराधवोध भई पिडा भएकोले नेपाल घर आई कसुरको तथ्य पूर्ण रुपमा खुलाई अधिकारप्राप्त अधिकारी समक्ष बयान गरी आफुले गरेको कसुरमा पूर्ण साविति भएर अनुसन्धानमा समेत सहयोग गरेको तथा अनुसन्धान अधिकृतले समेत निजलाई सजाय छुट हुन सिफारिस भई आए वाट संहिताले गरेको सजाय छुटको पृथक व्यवस्था सुनसरीमा पहिलो पटक प्रयोगमा आएको हो । निज विमल भन्ने विमला रिषिदेवलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) विपरीतको कसुरमा ऐ.संहिताको दफा १७७ को उपदफा (२) वमोजिम हुने सजायमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३३(३) को देहाय (क) वमोजिम २० प्रतिशत छुट गरी सजाय कम गर्ने र निज प्रतिवादीवाट अपराध पिडित संरक्षण ऐन, २०७५ को दफा ४१ वमोजिम क्षतिपुर्ति शुल्क निर्धारण गरी उक्त क्षतिपुर्ति वापतको रकम क्षतिपुर्ति शुल्क कोषमा जम्मा हुने व्यवस्था गरिपाउन मागदावी सहित जिल्ला न्यायाधिवक्ता गोकुलवहादुर निरौलाले मिति २०७६।०४।१३ गते सुनसरी जिल्ला अदालतमा अभियोग दायर गर्नु भयो ।
कानुनमा कसैले कसैको नियतपूर्वक ज्यान मार्ने वा मराउने काम गरे जन्मकैद(२५ वर्ष)को सजाय हुने व्यवस्था रहेवाट प्रस्तुत मुद्दामा विमला रिषिदेवलाई अदालतले अभियोग दावी वमोजिम दोषी ठहर्याई सजाय छुटको सुविधा दिए २५ वर्षको कैद सजायमा ५ वर्षको कैद सजाय छुट हुने अवस्था रहन्छ । प्रतिवादीले अदालतमा वयान गर्दा अधिकारप्राप्त अधिकारी समक्ष दिएको भन्दा फरक वयान दिई कसुरमा इन्कार गरेमा प्रस्ताव गरिएको छुट रद्द गरी थप सजायको माग गरी मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ३३(७) वमोजिम निवेदन पेश गरिने व्यहोरा समेत अभियोग मागदावीमा उल्लेख छ ।
करार सेवामा बिज्ञापनको लागि सूचना प्रकाशन गरिएको
जिल्ला बार इकाई सुनसरीमा कार्यक्रम सम्पन्न
दुहवी न.पा. र कोशी गा.पा.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
सुनसरीमा पहिलो पटक सजाय छुटको प्रस्ताव सहितको अभियोजन
पुरानो भवन भत्काउने कार्य प्रारम्भ
तरहरामा सरकारी वकील कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न