मिति २०७७ फागुन १४ गते अभियोजन नीति तथा मार्गदर्शन २०७७ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

samachar

2077-11-16

 

महान्याधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन¸ २०७७ विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७७ फागुन १४ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा जिल्ला सरकारी वकील कार्यालय¸ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भयो । उक्त कार्यक्रम जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारीको अध्यक्षता भएको थियो भने नवलपुर जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारी प्रमुख आतिथी तथा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई विशिष्ट अतिथि हुनु भएको थियो । ना.सु. नारायण पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयद्वारा जारी गरिएको अभियोजन नीति तथा मार्गदर्शन¸ २०७७ मा समावेश भएका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले अभियोजन नीति तथा मार्गदर्शन¸ २०७७ मा समावेश भएको मुख्य मुख्य व्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारीले अभियोजन नीति २०७७ माथि थप प्रकाश पार्नुभएको थियो । अधिवक्ता बालकृष्ण पौडेलले मौजुदा कानूनको प्रभावकारी कार्यान्यान्वय गर्न सकेको खण्डमा यस्ता नीतिहरुको आवश्यकता नपर्ने र त्यस्ता कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्ने हो भने यस्ता नीतिहरु जति आएपनि फरक नपर्ने धारणा व्यक्त गर्नु भएको थियो भने अधिवक्ता भुपेन्द्र खनाल¸ अधिवक्ता चेतनाथ शर्मा¸ सहायक बन अधिकृत अमृत ज्ञवाली¸ जिल्ला अदालत बार ईकाइ नवलपुरका अध्यक्ष गणेश प्रसाद सापकोटा¸ प्रहरी उपरीक्षक प्रकाश मल्ल¸ प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी¸ जिल्ला न्यायाधीश अर्जुन अधिकारी लगायतले अभियोजन नीति समय सान्दर्भिक रुपमा आएको र यसले फौजदारी न्याय प्रशासनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुलाई महान्यायाधिवक्ताको कार्यालयद्वारा जारी भएको अभियोजन नीति तथा मार्गदर्शन¸ २०७७ को पुस्तिका समेत वितरण गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न