२०७७/११/२ गते कर्मचारीहरुको बैठक सम्मन्न

samachar

2077-11-12

मिति २०७७ साल फागुन २ गते यस जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारीको अध्यक्षतामा कार्यालयमा कार्यरत कर्मचारीहरुको बैठक बसी तपशीलका बमोजिमका निर्णयहरु गरियो ।

उपस्थिति

जिल्ला न्यायाधिवक्ता श्री बाबुराम अधिकारी

सहायक जिल्ला न्यायाधिवक्ता श्री डालबहादुर नेपाली

ना.सु. श्री नारायणप्रसाद पौडेल

कम्प्युटर अपरेटर श्री नन्दराम गौतम

सहायक कम्प्युटर अपरेटर श्री प्रेम गौतम

हलुका सवारी चालक श्री कृष्ण दाहाल

कार्यालय सहयोगी श्री अमरराज पाण्डे

कार्यालय सहयोगी श्री सीता आचार्य रेग्मी

कार्यालय सहयोगी श्री छविलाल बस्ताकोटी

कार्यालय सहयोगी श्री कमला कुवर  

निर्णयहरु

  • यस कार्यालयका कम्प्युटर अपरेटर श्री नन्दराम गौतमले मिति २०७७/९/२२ गते देखि २०७७/१०/२८ गतेसम्म गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठामा संचालित ३० कार्यदिने सेवाकालीन तालिममा सिकेका कुराहरुका सम्बन्धमा निजले सम्पूर्ण कर्मचारीहरुलाई जानकारी गराउनु भएकोमा सो का राम्रा कुराहरुलाई अवलम्बन गर्ने गराउने निर्णय गरियो ।
  • कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई इन्टरनेट जडान सहितको कम्प्युटर उपलब्ध गराई कार्यसम्पादनलाई थप चुष्त दुरुस्त बनाउने निर्णय गरियो ।
  • समुदायमा सरकारी वकील कार्यक्रम लगायतका अन्य कार्यक्रम संचालनको सहजताको लागि कार्यालयमा भएको मेशिनरी शीर्षकको बजेटबाट ल्यापटप किन्ने निर्णय गरियो ।
  • फोहोरमैला व्यवस्थापन गरी कार्यालय परिसरलाई सफा राख्नको लागि प्रत्येक शुक्रवार सरसफाई अभियान संचालन गर्ने यस पूर्वको निर्णयलाई निरन्तरता दिने निर्णय गरियो ।
  • कार्यालयको वेवसाइट नियमित अपडेट गर्नको लागि क.अ. नन्दराम गौतमलाई जिम्मा दिने निर्णय गरियो ।

मुस्कान सहितको सेवा प्रवाहमा सबै कर्मचारीहरु कटिवद्ध रहने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न