मिति २०७७ फागुन ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न

samachar

2077-11-5

मिति २०७७ फागुन ३ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिको कार्यालयमा सम्पन्न उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईको अध्यक्षता र मध्यविन्दु नगरपालिकाका प्रमूख श्री चन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । ना.सु. नारायण पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमूख श्री चन्द्र बहादुर राना¸ माननीय जिल्ला न्यायाधीश श्री अर्जुन अधिकारी¸ जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारी¸ मध्यविन्दु नगरपालिकाका उप प्रमूख श्री ओमकुमारी महतो¸ प्रहरी उपरीक्षक श्री प्रकाश मल्ल समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारीले समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सहभागिहरुले सोधेका जिज्ञासाको जवाफ समेत दिनुभएको थियो । प्रहरी उपरीक्षक श्री प्रकाश मल्ल¸ मध्यविन्दु नगरपालिकाका उप प्रमूख श्री ओमकुमारी महतो¸ माननीय जिल्ला न्यायाधीश श्री अर्जुन अधिकारी¸ मध्यविन्दु नगरपालिकाका प्रमूख श्री चन्द्र बहादुर राना¸ प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई  समेतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न