नवलपरासी (पूर्व) हुप्सेकोट गा.पा. मा मुदायमा सरकारी वकील कार्यक्रम सम्मपन्न

samachar

2077-9-5

मिति २०७७ पौष ३ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भयो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईको अध्यक्षता र हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । ना.सु. नारायण पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल¸ जिल्ला न्यायाधिवक्ता बाबुराम अधिकारी¸ प्रहरी उपरीक्षक प्रकाश मल्ल¸ नवलपुर बारका उपाध्यक्ष गणेश अधिकारी¸ नवपुर पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट समेतको उपस्थिति रहेको थियो ।

विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ को त्रास रहँदा रहँदै पनि मास्क तथा सेनिटाइजरको प्रयोग  गर्दै आवश्यक भौतिक दुरी कायम गरी विशेष सावधानीका साथ कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ताले समुदायमा सरकारी वकील कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अहिले अध्यादेश मार्फत आएका जवरजस्ती करणी लगायतका कानूनी व्यवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सहभागिहरुले सोधेका जिज्ञासाको जवाफ समेत दिनुभएको थियो । हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल¸ प्रहरी उपरीक्षक प्रकाश मल्ल¸ नवलपुर बारका उपाध्यक्ष गणेश अधिकारी¸ नवपुर पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट समेतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न


उच्च सरकारी वकील कार्यालय पोखराबाट निरीक्षण तथा अनुगमन


मिति २०७९ असार ३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न