मिति २०७७ असोज ८ गतेको समन्वय समितिको बैठक

samachar

2077-6-14

मिति २०७७ साल असोज ८ गते श्री उच्च सरकारी वकील कार्यालय, ओखलढुङ्गाका का.मु. सहन्यायाधिवक्ता श्री केशव प्रसाद पन्तको आतिथ्य तथा यस कार्यालयका नि. जिल्ला न्यायाधिवक्ता श्री रमेश भट्टराईको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक श्री नारायणप्रसाद चिमरीया, सहायक प्रमुख जिल्ला अधिकारी श्री श्यामकुमार राई समेतको उपस्थितिमा जिल्ला स्तर समन्वय सिमितिको बैठक बसी विगतका समन्वय समितिका बैठकका निर्णयहरु समिक्षा गर्दै ति निर्णयहरु कार्यान्वयन गर्ने र सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन, प्रमाण स‌ंकलन, साक्षी वकपत्र तथा वहस पैरवी समेतका विषयहरुमा छलफल गरी विभिन्न निर्णयहरु गरियो । उक्त बैठकमा आमन्त्रित सदस्यको रुपमा खोटाङ जिल्ला अदालतका श्रेस्तेदार श्री रामाकान्त यादव, जिल्ला अस्पताल खोटाङका डा. श्री रविन ठाकुर समेतको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments