मिति २०७६/१२/१० गते जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालको अध्यक्षतामा बैठक सम्पन्न ।

samachar

2076-12-10

मिति २०७६।१२।१० गते दिनको ३:०० बजेदेखि जिल्ला सरकारी वकील कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला न्यायाधिवक्ता श्री सीताराम अर्यालको अध्यक्षतामा प्र.उ.श्री दिपक रेग्मी प्र.नि. श्री गणेश बहादुर बराल प्र.नि.श्री चन्द्र बहादुर थापा ना.सु.श्री नारायण प्रसाद पौडेल क.अ. श्री नन्दराम गौतम समेतको उपस्थितिमा वैठक सम्पन्न भयाे । उक्त वैठकमा महान्यायाधिवक्ताको अध्यक्षतामा मिति २०७६/१२/६ गते बसेको बैंठकको निर्णयको प्रभावकारी कार्यान्वयनको लागि भनी महान्यायाधिवक्ताले कार्यालयबाट मिति २०७६/१२/७ गते परिपत्र भएको तथा महामारीकाे रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसकाे संक्रमणबाट हिरासतमा रहेका व्यक्तिहरुलाई हुने जोखिम कम गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५, फौजदारी कसूरको अनुसन्धान नियमावली, २०७५ को नियम २५ मा उल्लेखित व्यवस्थाहरुकाे प्रभावकारी कार्यान्वयन गरी हिरासतमा रहेका व्यक्तिहरुको संख्या कम गर्ने, अनुसन्धान कार्य शुरु भएका मुद्दाहरुको अभियोजन गरी यथाशिघ्र अदालत समक्ष पेश गर्ने, महान्यायाधिवक्ताकाे कार्यालयकाे निर्देशन बमाेजिम अभद्र व्यवहार, साधारण चाेरी लगायतका कम सजाय हुने मुद्दाहरुमा प्रतिवादीहरुमा प्रतिवादीहरुलाई पक्राउ गरेर हिरासतमा नलिईकन अनुसन्धान कार्य गर्ने निर्णय गरियो।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।०३।०९ गते समन्वय समितिको बैंठक सम्पन्न


मिति २०८१।२।२३ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/११/३० गते समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।


अभियोजनकर्ता सरकारी वकील तथा कर्मचारीहरु र अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबीच बैठक सम्पन्न ।


मिति २०८०/१०/१५ गते समन्वय समितिको बैठक सम्पन्न ।


मिति २०८०/०६/२४ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


मिति २०८०/०४/१२ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०८०/०१/२८ गते निरिक्षण तथा अनुगमन कार्य सम्पन्न ।


मिति २०७९ माघ २० गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०७९/०९/२२ निरीक्षण तथा अनुगमन कार्य सम्पन्न