सरकारी वकील छलफल श्रृङ्खला सुरु ।

samachar

2076-1-11

सरकारी वकील छलफल श्रृङ्खला सुरु ।

महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा कार्यरत जनशक्तिको निरन्तर सिकाइमार्फत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकील छलफल श्रृङ्खला सुरु गरेको छ । महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले निर्देशित गरेबमोजिम छलफल श्रृङ्खला अन्तर्गत हरेक महिना कम्तिमा एउटा छलफल कार्यक्रम सञ्चालन गरिनेछ ।

श्रृङ्खलाको पहिलो भागमा २०७५ फगुन १७ गते शुक्रवार अपराधपीडितको हक सम्बन्धी कानून कार्यान्वयनका सम्बन्धमा छलफल गरिएको छ । त्यस अवसरमा नेपालको संविधान र यसका प्रावधानहरू नयाँ रहेको सन्दर्भमा संविधानको स्परिटलाई पकड्नका लागि यस कार्यक्रमको आयोजना गरिएको माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताउनुभयो । उहाँले प्रतिवादीले जसरी कानून व्यवसायीलाई पटक पटक भेटघाट गर्दछ त्यसरी नै सरकारी वकीलले पीडितलाई भेटघाट गर्न सकेमा मात्र पीडितलाई बुझ्न सक्ने भएकाले सरकारी वकीलहरूले पीडितसँगको भेटघाटलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

छलफलमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता डा. श्री शंकरकुमार श्रेष्ठले अपराधपीडितको हकका सम्बन्धमा विभिन्न मुलुकहरूको दृष्टान्त प्रस्तुत गर्दै अपराध पीडितको अधिकारका सम्बन्धमा संवैधानिक व्यवस्था गर्ने नेपाल पहिलो मुलुक भएको बताउनुभयो । उहाँले नेपालको न्यायप्रणाली पीडितका पक्षामा एक कदम अगाडि रहेको समेत चर्चा गर्नुभयो । त्यस्तै अर्का कार्यपत्र प्रस्तोता नायब महान्यायाधिवक्ता श्री पद्‍मप्रसाद पाण्डेयले संवैधिनक एवम् कानूनी व्यवस्थाहरूको चर्चा गर्दै अपराधपीडितको हकलाई राज्यले प्राथमिकता प्रदान गरी मौलिक हकका रूपमा अङ्गिकार गरेको बताउनुभयो ।

सरकारी वकील तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छलफल कार्यक्रममा सहन्यायाधिवक्ता खेमराज ज्ञवाली, उपन्यायाधिवक्ताहरू उर्मिला दाहाल, महेशप्रसाद खत्री र प्रहरी निरीक्षक हरिशप्रसाद भट्टले छलफलमा भाग लिनुभएको थियो ।

Share this...
Share on FacebookPin on PinterestTweet about this on TwitterShare on LinkedIn


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

आज मिति २०७८।१०।२४ गते जिल्लाा सरकारी वकिल कार्यालय सर्लाहीमा समन्वय समितिको बैठक सम्पन्न भयो ।


मिति २०७८।०८।०६ गते नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत (दोस्रो संसोधन) नियमावली २०७८


मिति २०७८।०८।०६ गते नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत (दोस्रो संसोधन) नियमावली २०७८


गुनासो सुन्ने अधिकारी सम्बन्धमा ।


सुचना प्रविधि सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा ।


वेभसाईडमा अभियोग पत्र अपलोड गरिएको बारे ।


केहि नेपाल कानूनहरुलाई संशोधन, समायोजन र खारेज गर्ने ऐन, २०७४


अतिरिक्त समय काम गरे बापतको भत्ता सम्बन्धी निर्देशिका, २०७५ ।


मिति २०७५।०६।१५ मा माननीय महान्यायाधिवक्ताको अध्यक्षतामा मुलुकी फौजदरी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९४ बमोजिको समन्वय समितिको निर्णय ।


महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्यांकनको अवधारणापत्र ।


समाचार

समुदायमा सरकारी वकील


मिति २०७९।०३।२५ गते लालबन्दी न.पा.स्थित बाल संरक्षण संस्थाको सभा हलमा बाल संरक्षण संस्थाको अध्यक्ष श्री मुना उपाध्यायको प्रमुख आतिथ्य तथा यस जिल्ला सरकारी वकील कार्याल सर्लाहीका जिल्ला न्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला ज्यूको अध्यक्षतामा बाल संरक्षण संस्थाका उपाध्यक्ष, कोक्षाध्यक्ष सदस्य तथा सर्वसाधारणको उपस्थितिमा यस कार्यालयका ना.सु. श्री आत्माराम रायले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा मुलकी अपराध संहिता २०७४ तथा देवानी संहिता २०७४ को मुख्य विशेषताहरुको बारेमा प्रकाश पार्दै सहभागीहरुबाट आएका विभिन्न जिज्ञाषा तथा प्रश्नहरुको जबाफ दिदै समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सभ्य र भब्यको साथ सम्पन्न भयो


सामुदायमा सरकारी वकील


२०७६/०८/०४ गते पर्सा गा.पा.वडा नं.६ मा सरकारी वकील र प्रहरी कार्यालयको संयुक्तामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको


Visit Nepal 2020 कार्यक्रम भव्यताका साथ सफल पाराै ।


सरकारी वकील छलफल श्रृङ्खला सुरु ।


सूचना प्रविधि सम्बन्धी तीन दिवसीय अभिमूखीकरण कार्यक्रम हेटौंडामा शुरू ।