जिल्ला सरकारी वकील कार्यालय मलंगवा¸सर्लाही |
||||||
नागरिक बडापत्र | ||||||
क्र.सं. | प्रदान गरिने सेवा | आवश्यक पर्ने कागजात | कार्य सम्पादन गर्न लाग्ने समय | जिम्मेवार अधिकृत | अनुगमन गर्ने अधिकारी | गुनासो सुन्ने अधिकारी |
१ | मुद्दाको अनुसन्धान अगाडि बढाउन उपयुक्त नभएका जाहेरी तामेलीमा राख्ने निर्णय गर्ने । | अनुसन्धान प्रतिवेदन सहितको मिसिल | राय प्राप्त भएको मितिले तीन दिन भित्र | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
२ | पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने देखिएमा अदालतमा म्याद थप माग्ने । | अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल | सोहि दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
३ | हिरासतमा लिइएको व्यक्तिलाई धरौट¸तारेख वा जमानीमा छाडी अनुसन्धान गर्नुपर्ने राय माग भएमा मिल्ने/नमिल्ने निर्णय लिने । | अनुसन्धान अधिकृतको राय सहितको अनुसन्धानको मिसिल | तीन दिन भीत्र | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
४ | अभियुक्तको बयान लिने । | पक्राउ परेका अभियुक्त र मिसिल | उपस्थित गराएको १ घण्टा | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
५ | मुद्दाको अनुसन्धानका क्रममा निर्देशन दिने । | अनुसन्धानमा रहेको मिसिल | अनुसन्धान अवधिभर | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
६ | मुद्दा चल्ने/नचल्ने निर्णय गर्ने । | अनुसन्धान प्रतिवेदन सहितको मिसिल | चल्ने मुद्दाका लागि हदम्याद समेतको बिचार गरी कम्तिमा ३ दिन अगाडि र नचल्ने मुद्दाको हकमा निकासाका लागि पठाई निर्णय भई फिर्ता प्राप्त हुने समय समेतको विचार गरी कम्तिमा २ महिना अगाडि | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
७ | अभियोग पत्र दायर गर्ने । | अनसन्धान प्रतिवेदन सहितको मिसिल | मुद्दा चल्ने निर्णय भएको दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
८ | अभियुक्तलाई थुनामा राख्नु पर्ने वा धरौट माग्नु पर्ने विषयमा बहस पैरवी गर्ने । | थुनछेक पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल | तोकिएको दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
९ | सुरु मुद्दा हेर्ने निकाय वा अदालतको वेरितको आदेश बदर गर्न निवेदन मस्यौदा गर्ने । | आदेश सहितको मिसिल | आदेश प्राप्त भएको ७ दिनभित्र मस्यौदा गरी पठाउने | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१० | अनुसन्धानका अवधिमा पेश हुन नसकेका कागज प्रमाण मुद्दा हेर्ने निकायमा पेश गर्ने । | अनुसन्धान अधिकारीको पत्र सहित पेश गर्नुपर्ने | तोकिएको दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
११ | बकपत्र गराउने । | प्रहरी कार्यालयबाट पत्रसहित उपस्थित गराईएका पीडित एंव साक्षी र परिचय खुल्ने कागजात समेत | उपस्थित गरराएको दिन र त्यसपछिका नियमित दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१२ | साक्षी परामर्श । | साक्षी परिचय खुल्ने कागजात | सोहि दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१३ | पिडीतलाई न्यायिक कारबाहीको जानकारी दिने । | पीडित वा नावालक पीडीतको अविभावकले मुद्दाको विषय सम्बन्धी तथ्य र कागजात सहित उपस्थित हुनु पर्ने | सोहि दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१४ | वहस पैरवी गर्ने । | पेशी तोकिएको जानकारी र सम्बन्धित मिसिल | पेशी तोकिएको दिन | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१५ | पुनरावेदन मस्यौदा गर्ने । | फैसलाको प्रमाणित प्रतिलिपि सहितको मिसिल | तोकिएको म्याद भित्र यथाशिघ्र मस्यौदा गरी पठाउने | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१६ | हेल्लो साक्षी । | सम्बन्धित मिसिलबाट/प्रहरी कार्यालयको पत्र मुद्दामा अनुसन्धान गर्ने निकायको पत्र । | साक्षीहरुलाई टेलिफोन मार्फत जानकारी गराउने /साक्षी बकपत्र सम्बन्धी जानकारी गराउने । | फाटवाला/ना.सु./खरिदार | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१७ | संघिय मातहतका जिल्ला स्तरीय सरकारी कार्यालयलाई कानुनी राय प्रदान गर्ने । | सम्बन्धित कार्यालयको प्रमुखको द्वविधामा परेको कानुनी प्रश्मा राय सहितको रितपुर्वकको फायल | विषयवस्तुको गम्भिरता हेरी १ हप्ता | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
१८ | जाहेरी दरखास्त । | निवेदन सहित सक्कल जाहेरी दरखास्त र सो को प्रतिलिपि | बढीमा ३ दिन भित्र | तोकिएको सरकारी वकील | सहायक जिल्ला न्यायाधिवक्ता | जिल्ला न्यायाधिवक्ता |
पुनश्चः यस कार्यालयबाट सेवा प्रदान गरिएवापत कुनै शुल्क लाग्दैन । |