• कुनै गुनासो वा जिज्ञासा भएमा यस जिल्ला सरकारी वकील कार्यालय, सल्यानको फोन नं. ः ०८८-५२०१२३ मा सम्पर्क गर्नुहोला ।।। धन्यवाद !!!

परिचय

स्थापना

न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ ।  कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाशारदा नगरपालिका वडा नं. ०३, खलंगामा अवस्थित यस जिल्ला सरकारी वकिल कार्यालयसल्यानको स्थापना २०३९ सालमा भएको हो । कार्यालयमा भेटिएको अभिलेख अनुसार २०३९ साल श्रावण महिना १७ गतेबाट तत्कालीन जि.स.अ. श्री हरिराम थापाले यस कार्यालयको प्रथम कार्यालय प्रमुखका रुपमा काम गर्नु भएको देखिन्छ ।

जनशक्ति

हाल जिल्ला सरकारी वकिल कार्यालयसल्यानमा जिल्ला न्यायाधिवत्ता एक र सहायक जिल्ला न्यायाधिवत्ता एक गरी जम्मा २ जना सरकारी वकिल, नायब सुब्बा १ जना, खरिदार १ जना, सहायक कम्प्युटर १ जना, हलुका सवारी चालक १ जना र कार्यालय सहयोगी ३ जनाको दरवन्दी रहेकोमा १ जना सरकारी वकील, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटर, १ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी कर्मचारीहरु कार्यरत रहेका छन् ।

अधिकारको प्रयोग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र दर्ता गर्नेमुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका कामकर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला-न्यायाधिवक्ता

खुम बहादुर कुँवर

सहायक जिल्ला न्यायाधिवक्ता

श्री विष्णु प्रसाद गौली

सुचना अधिकारी (ना.सु.)

श्री जिबन पौडेल (९८५७८७४४९९)

सहायक कम्प्युटर अपरेटर

श्री मदन कुमार लामिछाने

खरीदार

मणिकृष्ण रोकाय